११ भदौ २०८३, शुक्रबार

रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत


अ+
अ-

काठमाडौं, भदौ १०। रसुवामा आएको बाढीमा घाइते भएका २५ जनालाई उद्धार गरी काठमाडौं ल्याइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरू काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचाररत छन्।
बुधबार साँझ ४ः२० बजेसम्मको विवरणअनुसार घाइतेमध्ये चार जनाको राष्ट्रिय ट्रमा सेन्टर, एक जनाको वीरेन्द्र सैनिक अस्पताल छाउनी र २० जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचार भइरहेको छ।
राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूमा नुवाकोटका भक्त भण्डारी, सिता भण्डारी, विवेक कुँमाल र रिहाना लामिछाने छन्।
वीरेन्द्र सैनिक अस्पतालमा उपचाररत रसुवा गोसाइँकुण्ड गाउँपालिका–५ का दावा डोल्माको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
टिचिङ अस्पतालमा उपचाररत अधिकांश घाइते रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा, सल्यान, जाजरकोटलगायत जिल्लाका रहेका छन्। उनीहरूमध्ये केहीको टाउको, हात, खुट्टा, छाती तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। केही घाइते बोल्न नसक्ने अवस्थामा रहेको विवरणमा उल्लेख छ भने केहीको अवस्था सामान्य रहेको जनाइएको छ।
टिचिङ अस्पतालमा उपचाररत घाइतेमध्ये गोरखा टिमुरे–गोसाइँकुण्डका एक महिला र उनका तीन महिनाका बच्चासहित परिवारका सदस्य पनि रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले थप विवरण आउन बाँकी रहेको जनाएका छन्।
प्रहरीले रसुवा बाढीबाट घाइते भई काठमाडौं ल्याइएका व्यक्तिहरूको उपचार तथा अवस्थाबारे थप विवरण संकलन भइरहेको जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह...

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवामा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार...

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला...

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी...

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक...

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्