११ कार्तिक २०८३, बुधबार

कवि दुर्गालाल श्रेष्ठको अन्त्येष्ठी आज


अ
अ+
अ-

काठमाडौं, भदौ २ । नेपालभाषाको काव्य क्षेत्रमा अत्यन्त चर्चित र मानक कविका रुपमा लिइने दुर्गालाल श्रेष्ठको अन्त्येष्ठी आज मंगलवार परम्परागत विधिअनुसार काठमाडौंको कर्णदीपमा हुने भएको छ । आइतवार बेलुका आफ्नै निवासमा उहाँको निधन भएको थियो । 

अन्त्येष्टीअघि अन्तिम श्रद्धाञ्जलीका लागि नेपालभाषा मंकाः खलःको कार्यालयमा विहान ११ बजेदेसिख २ बजेसम्म राखिने छ । उहाँको शवयात्रा मंकाःखलःको कार्यालयबाट शोभा भगवति पुल हुँदै धल्को, क्षेत्रपाटी, थँहिति, थाय्मदु, न्हाय्कंत्वाः, असं, जनबहाः, वंघः, किलाघः, न्यतः, त्यंघः, क्षेत्रपाटी, जोगिंपाखा भई कर्णदीपमा पु¥याएर अन्तिम संस्कार सम्पन्न गरिने छ । 

९३ वर्षका कवि श्रेष्ठले जीवनभर नेवार, नेपालभाषा, साहित्य र संस्कृतिको क्षेत्रमा सिर्जनात्मक कार्यमा लाग्नुका साथै भाषिक अधिकार तथा जातीय अधिकारका लागि संघर्षरत् हुनुभयो । कविता र गीतका साथै उहाँले गीतिनाटक, एकांकी नाटक तथा अनुवाद कार्यमा पनि लाग्नु भएको छ । रुसीभाषाका महाकवि अजेक्जेन्डर पुस्किन तथा हिन्दी भाषाका चर्चित कवि हरिवंशराय बच्चनका काव्यहरु पनि नेपालभाषामा अनुवाद गर्नुभएको छ । यसरी नै पछिल्लो समयमा नेपाली भाषामा पनि गीतहरु लेख्नु भएको छ । नेपाली भाषामा उहाँले सिर्जना गर्नु भएको गीतहरुमा "फूलको आँखामा फूलै संसार" अत्यन्तै चर्चित छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्