२३ श्रावण २०८३, शनिबार

पानी भित्रिनेभन्दा निकासको क्षमता तीन गुणा कम हुँदा जमल डुबान


अ+
अ-

काठमाडौं, साउन २१ । जमल क्षेत्रमा वर्षायाममा हुने डुबानको मुख्य कारण पानी भित्रिने र बाहिरिने पूर्वाधारबीचको असन्तुलित क्षमता रहेको प्राविधिक अध्ययनले देखाएको छ। अध्ययनअनुसार जमलमा विभिन्न दिशाबाट ठूलो परिमाणमा पानी भित्रिने भए पनि त्यसको निकासका लागि पर्याप्त क्षमता भएको ढल नहुँदा सडक डुबान हुने गरेको हो।
काठमाडाैं महानगरपालिकाकाे प्राविधिक विश्लेषणअनुसार वर्षायाममा ज्याठा, निर्वाचन आयोग, यल्लो प्यागोडा होटल र जनप्रशासन क्याम्पस क्षेत्रबाट वर्षाको पानी तथा ढल जमल चोकमा जम्मा हुने गर्छ। ज्याठातर्फबाट ६० सेन्टिमिटर, निर्वाचन आयोगतर्फबाट ९० सेन्टिमिटर, यल्लो प्यागोडा होटलतर्फबाट ४५ सेन्टिमिटर र जनप्रशासन क्याम्पसतर्फबाट २० सेन्टिमिटर व्यासका पाइपमार्फत पानी जमलमा पुग्ने गरेको प्रतिवेदनमा उल्लेख छ।
यी सबै पाइपबाट आउने पानीको कुल प्रवाह क्षेत्रफल (टोटल इनफ्लो एरिया) ०.८२६ वर्गमिटर रहेको छ, जुन करिब १२० सेन्टिमिटर व्यासको पाइपबाट बग्ने पानी बराबर हो।
तर, उक्त पानी बाहिर निकाल्नका लागि ६० सेन्टिमिटर व्यासको एउटै ढल रहेको छ, जसको कुल निकास क्षमता (टोटल आउटफ्लो एरिया) ०.२८३ वर्गमिटर मात्र छ। भित्रिने पानीको तुलनामा निकासको क्षमता निकै कम भएकाले पानी सडकमा जम्ने र डुबान हुने गरेको प्रतिवेदनले औँल्याएको छ।
प्रतिवेदनमा डुबानको अर्को कारण पनि उल्लेख गरिएको छ। निकासको अन्तिम बिन्दु र टुकुचा खोलाको पानीको सतहबीच उचाइको अन्तर निकै कम रहेकाले ठूलो वर्षा हुँदा टुकुचाको पानी उल्टै ढलभित्र पस्ने र निकास प्रणाली अवरुद्ध हुने गरेको विश्लेषणमा उल्लेख छ।
प्राविधिक अध्ययनले जमल क्षेत्रको दीर्घकालीन डुबान समस्या समाधान गर्न ढल निकासको क्षमता विस्तार गर्नुका साथै टुकुचा खोलासँग जोडिएको निकास प्रणालीको संरचनात्मक सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव

मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव

मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा...

नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य

नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य

नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य...

वीरगञ्जमा पेट्रोलियम पदार्थ चोरी गर्दै सात जना पक्राउ

वीरगञ्जमा पेट्रोलियम पदार्थ चोरी गर्दै सात जना पक्राउ

वीरगञ्जमा पेट्रोलियम पदार्थ चोरी गर्दै सात जना पक्राउ...

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु, जनचेतना बढाउन विज्ञहरूको जोड

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु, जनचेतना बढाउन विज्ञहरूको जोड

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु, जनचेतना बढाउन विज्ञहरूको जोड...

निःशुल्क उपचार सेवा सहजीकरणका लागि डा. नवराज जोशी फोकल पर्सन नियुक्त

निःशुल्क उपचार सेवा सहजीकरणका लागि डा. नवराज जोशी फोकल पर्सन नियुक्त

निःशुल्क उपचार सेवा सहजीकरणका लागि डा. नवराज जोशी फोकल पर्सन नियुक्त...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्