११ कार्तिक २०८३, बुधबार

चिया तथा कफी क्षेत्र सुधारका लागि दुई साताभित्र कार्ययोजना तयार गरिने


अ
अ+
अ-

काठमाडौं, साउन १५ । कृषि, वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डकी अध्यक्ष गीता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छन्। कार्यदललाई बोर्डको पुनर्संरचनाको मोडालिटी र क्षेत्रको भावी कार्यदिशासहित दुई साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
शुक्रबार कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग भएको छलफलमा मन्त्री चौधरीले उत्पादन, प्रशोधन, बजारीकरण र प्रवर्द्धनका क्षेत्रमा देखिएका समस्या तथा समाधानका उपायबारे विस्तृत समीक्षा गर्दै कार्यदल गठन गर्ने निर्णय गरेकी हुन्।
छलफलमा चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी र किसानमैत्री बनाउन आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा समेत विचार–विमर्श भएको थियो।
मन्त्री चौधरीले चिया तथा कफी नेपालको उच्च सम्भावना बोकेको कृषि उपक्षेत्र भएकाले यसको विकासमा बोर्डले परिणाममुखी भूमिका खेल्नुपर्ने बताइन्। उनले किसानको आय वृद्धि, उत्पादनको गुणस्तर सुधार, प्रशोधन क्षमता विस्तार र अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको प्रतिस्पर्धात्मक क्षमता बढाउने गरी स्पष्ट कार्ययोजना तयार गर्न निर्देशन दिइन्।
उनले बोर्डको पुनर्संरचना, चिया तथा कफी क्षेत्रको दीर्घकालीन विकास रणनीति तथा आवश्यक नीतिगत सुधारका प्रस्ताव समेटिएको प्रतिवेदन दुई साताभित्र पेश गर्न कार्यदललाई निर्देशन दिएकी छन्। उक्त प्रतिवेदनका आधारमा आवश्यक नीतिगत तथा संस्थागत सुधार प्रक्रिया अघि बढाइने मन्त्री चौधरीको सचिवालयले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्