११ कार्तिक २०८३, बुधबार

२४ घण्टामा चितवनमा सबैभन्दा धेरै ३१९.८ मिमी वर्षा


अ
अ+
अ-

काठमाडौं, असार ३० । देशभर पछिल्लो २४ घण्टामा २४३ वटा वर्षा मापन केन्द्रमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागअन्तर्गत जलवायु विज्ञान महाशाखा/जलवायु विश्लेषण शाखाले मंगलबार सार्वजनिक गरेको दैनिक वर्षा विवरणअनुसार असार २९ गते बिहान ८:४५ बजेदेखि असार ३० गते बिहान ८:४५ बजेसम्मको अवधिमा सञ्चालनमा रहेका ३३५ वर्षा मापन केन्द्रमध्ये २४३ केन्द्रमा वर्षा मापन गरिएको हो।
विभागका अनुसार सबैभन्दा बढी ३१९.८ मिलिमिटर वर्षा चितवन जिल्लाको नारायणी फिल्ड अफिस केन्द्रमा रेकर्ड भएको छ। सोही केन्द्र आसपासका थप तीन वटा केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ भने देशभर १०० मिलिमिटरभन्दा बढी वर्षा २३ वटा केन्द्रमा मापन गरिएको जनाएको छ।
विभागका अनुसार उक्त अवधिमा मानव सञ्चालित ४५ र स्वचालित २९० गरी कुल ३३५ वर्षा मापन केन्द्रबाट प्राप्त तथ्यांकका आधारमा वर्षाको विवरण सार्वजनिक गरिएको हो।
विभागले निरन्तर वर्षा भइरहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्