११ कार्तिक २०८३, बुधबार

युगाण्डा र भियतनामका गरी सात जना पक्राउ


अ
अ+
अ-

काठमाडौं, असार ८ । काठमाडौंको ठमेल क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई दुःख दिने तथा प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने आरोपमा युगाण्डाका पाँच र भियतनामका दुई गरि सात जना विदेशी नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रमा बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारणलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी हैरानी दिने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये पाँच जना युगाण्डा र दुई जना भियतनामका नागरिकलाई प्रहरी टोलीले सम्झाइबुझाइ गर्दा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि नै अपशब्द प्रयोग गर्दै गालीगलौज तथा धक्कामुक्का गरेको आरोप पनि लगाइएको छ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले ठमेल लगायत पर्यटकीय क्षेत्रमा सार्वजनिक शान्ति, सुरक्षा र मर्यादा कायम राख्न यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्