२६ जेठ २०८३, मंगलबार

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सांसद हर्क साम्पाङ्लाई कारवाही

अ+
अ-

काठमाडौं, जेठ २५ ।सामाजिक सञ्जालमार्फत प्राप्त जनगुनासोका आधारमा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रतिनिधिसभा सदस्य हर्क राज राई (साम्पाङ)लाई कारबाही गरिएको छ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार ट्राफिक नियम पालना नगरी सवारी साधन चलाएको सम्बन्धमा प्राप्त गुनासोको छानबिनपछि सांसद राईलाई आवश्यक कानुनी कारबाही गरिएको हो।
कार्यालयले सार्वजनिक गरेको विवरणमा सवारी चालकले हेल्मेटको प्रयोग तथा अन्य ट्राफिक नियमको पालना नगरेको विषयमा सामाजिक सञ्जालमा गुनासो प्राप्त भएको उल्लेख छ। सोही आधारमा सम्बन्धित व्यक्तिको पहिचान गरी ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाही गरिएको जनाएको छ।
ट्राफिक प्रहरीले यस घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै कानुन सबैका लागि समान रहेको सन्देश दिएको छ। साथै, ट्राफिक नियमविपरीत गतिविधि नगर्न तथा नगराउन सम्पूर्ण चालक, सहचालक र यात्रुहरूलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ।
कार्यालयले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्राप्त हुने यस्ता गुनासोका आधारमा समेत निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
निजामती कर्मचारी स्वास्थ्य सेवा अब थप तीन प्रदेशमा पनि

निजामती कर्मचारी स्वास्थ्य सेवा अब थप तीन प्रदेशमा पनि

निजामती कर्मचारी स्वास्थ्य सेवा अब थप तीन प्रदेशमा पनि...

फिलिपिन्समा शक्तिशाली भूकम्प : कम्तीमा १९ जनाको मृत्यु, सयौं घाइते

फिलिपिन्समा शक्तिशाली भूकम्प : कम्तीमा १९ जनाको मृत्यु, सयौं घाइते

फिलिपिन्समा शक्तिशाली भूकम्प : कम्तीमा १९ जनाको मृत्यु, सयौं घाइते...

सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको तीन दशक पूरा गर्दै डीपीनेट

सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको तीन दशक पूरा गर्दै डीपीनेट

सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको तीन दशक पूरा गर्दै डीपीनेट...

सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रण मोडेलबारे काठमाडौंमा छलफल

सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रण मोडेलबारे काठमाडौंमा छलफल

सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रण मोडेलबारे काठमाडौंमा छलफल...

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव...

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्