काठमाडौँ, जेठ ११ । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ ११ गते बसेको बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकले नेपाल–चीन जोड्ने चिलिमे–केरूङ विद्युत प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र (लेटर अफ रिप्लाइ) स्वीकृत गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको सरकारकाे भनाइ छ ।
यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य पनि निर्धारण गरिएको छ । कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार मोटा धानको प्रति क्वीन्टल ३ हजार ६६० रुपैयाँ तथा मध्यम धानको प्रति क्वीन्टल ३ हजार ८६० रुपैयाँ कायम गरिएको छ ।
मन्त्रिपरिषद्ले भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयअन्तर्गत गठन गरिएको सहकारीमा भएको वेथिति जाँचबुझ आयोग–२०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
मेगु पोस्त: नेवाः टाइम्स
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...
‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह
‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...
जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने
जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment