२९ जेठ २०८३, शुक्रबार

१३ दिनपछि रिहा भएका ओलीको भनाइ : ‘पूर्वाग्रहपूर्ण आरोप लाग्यो, प्रमाण नपुगेपछि मुक्त भएँ’


अ+
अ-

काठमाडौं, चैत २६ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले १३ दिनको नियन्त्रणपछि रिहा भएपछि सरकारले आफूविरुद्ध पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओलीले पर्याप्त आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको बताएका छन्। उनले आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, विभिन्न राजनीतिक दल तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेका छन्।
ओलीले आफ्नो पक्षमा परमादेश जारी गर्ने सर्वोच्च अदालत प्रति सम्मान व्यक्त गर्दै प्रहरी नियन्त्रणमा रहँदा मानवीय व्यवहार गर्ने प्रहरी प्रशासनप्रति पनि धन्यवाद दिएका छन्। साथै, उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति कृतज्ञता प्रकट गरेका छन्।
उनले आफ्नो रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका क्रममा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने बताएका छन्। यदि राज्य उदासीन भएमा आफ्नो पार्टीले उपचार खर्च व्यहोर्ने समेत उनले स्पष्ट पारेका छन्।
स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै बसेर उपचार गराउने जानकारी दिँदै ओलीले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्