११ कार्तिक २०८३, बुधबार

शैक्षिक सत्र २०८३ अगावै विद्यार्थी भर्ना र भारी शुल्क असुली गर्ने विद्यालयविरुद्ध कारबाही हुने मन्त्रालयको चेतावनी


अ
अ+
अ-

काठमाडौँ, चैत २३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुभन्दा अगावै विद्यार्थी भर्ना गर्ने तथा अभिभावकसँग भारी शुल्क असुली गर्ने विद्यालयहरूविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ।

मन्त्रालयले हिजाे एक प्रेस विज्ञप्ति जारी गर्दै देशका विभिन्न जिल्लाका केही संस्थागत विद्यालयहरूले विद्यालय सञ्चालन नियमावली, २०५९ (संशाेधन सहित) को नियम ८४ (४) र नियम ७८ (ग) तथा सर्वोच्च अदालतको २०८२/१२/२० गतेको आदेश उल्लङ्घन गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ : “शैक्षिक सत्र २०८३ प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ती गर्ने र भारी शुल्क असुली गर्ने गरेको सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।”

मन्त्रालयले विद्यालय सञ्चालनजस्तो गरिमामय विषयमा यस्ता गैरकानूनी कार्यहरू अपराधिक मात्र नभई दण्डनीय समेत हुने भन्दै विद्यालयहरू आफैँ सचेत हुनुपर्ने स्पष्ट पारेको छ।

उल्लङ्घन गर्ने विद्यालयको नाम, सङ्ख्या तथा कारबाहीको प्रकृति भने विज्ञप्तिमा खुलाइएको छैन। मन्त्रालयले भर्नाको समयतालिका र शुल्क संरचनासम्बन्धी नियम कडाइका साथ पालना गर्न सबै संस्थागत विद्यालयलाई निर्देशन दिएको छ। साथै, नियमविपरीत काम गर्ने विद्यालयहरूलाई शिक्षा ऐन २०२८ तथा प्रचलित कानुनअनुसार कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्