१४ बैशाख २०८३, सोमबार

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ५ जना पक्राउ


अ+
अ-

काठमाडौं, चैत २१ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विभिन्न मितिमा मानव बेचबिखन, ओसारपसार तथा जबरजस्ती वेश्यावृत्ति र स्क्यामिङ कम्पनीमा बन्धक बनाई काम लगाएको कसुरमा ५ जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक, झापा, अछाम र बर्दियाका व्यक्तिहरू रहेका छन्।

जबरजस्ती खाजा घरमा वेश्यावृत्ति गराएको आरोप

ब्यूरोका अनुसार सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–९ की ३७ वर्षीया सुकुमाया तामाङ र सोही गाउँपालिका–४ का ३२ वर्षीय प्रमोद तामाङलाई चैत१६ गते पक्राउ गरिएको हो। उनीहरूले एक पीडित महिलालाई काठमाडौं मनमैजुमा सञ्चालित खाजा घरमा महिनामा ७ हजार रुपैयाँ तलबको प्रलोभन देखाई लगेको तर पछि उक्त पीडितलाई विभिन्न पुरुष ग्राहकसँग रकम लिई जबरजस्ती वेश्यावृत्तिमा लगाएको प्रहरीको दाबी छ। नमानेमा मोबाइल नम्बर र फोटो टिकटकमा भाइरल बनाइदिने धम्की दिएको अनुसन्धानमा खुलेको छ। पीडितलाई उद्धार गरी दुवै प्रतिवादीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

स्क्यामिङ कम्पनीमा बन्धक बनाएको अभियोग

यस्तै झापा गाउँपालिका–४ का ५२ वर्षीय राम खिलवान दास नुनियालाई पनि चैत१६ गते नै पक्राउ गरिएको छ। प्रतिवादीले पीडितलाई कम्बोडियामा आईटी कम्पनीमा काम गर्न मासिक ५०० अमेरिकी डलर कमाइ हुने भन्दै प्रलोभन देखाई काठमाडौंबाट भारतको कोलकाता हुँदै कम्बोडियाको पनोमपेन पुर्याई एक चिनियाँ नागरिकले सञ्चालन गरेको ‘अनलाइन स्क्यामिङ’ कम्पनीमा बन्धक बनाई दैनिक १८ घण्टा जबरजस्ती काम गराएको प्रहरीले जनाएको छ।

व्हाट्सएपबाट ग्राहक खोजी जबरजस्ती वेश्यावृत्ति

त्यस्तै अछामको शितगंगा नगरपालिका–५ का ३० वर्षीय शिव बहादुर सारुलाई चैत १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई पक्राउ गरिएको छ। उनले एक नाजुक अवस्थाकी पीडित महिलालाई व्हाट्सएपमा फोन तथा म्यासेज गरी आर्थिक प्रलोभन देखाई विभिन्न ग्राहकसँग प्रतिग्राहक रु. आठ हजार देखि रु. २० हजारसम्म लिई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अनुसन्धानबाट खुलेको छ। पीडितलाई चैत१२ मै उद्धार गरिएको थियो भने प्रतिवादीलाई चैत१८ मा पक्राउ गरी अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

ओमन पठाउने नाममा ४५ दिन होटलमा बन्दकी

यसैगरी बर्दियाको बढैयाताल नगरपालिका–८ की ३३ वर्षीया सिरु शारु (सिरमा शारु) लाई पनि चैत १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको छ। उनले दुई जना पीडितलाई ओमन पठाउने भन्दै काठमाडौं–वीरगन्ज हुँदै भारतको नयाँ दिल्ली पुर्याई केरलाको कोची विमानस्थलबाट ओमन पठाउने क्रममा कागजात नमिलेको बहानामा ४५ दिनसम्म केरलाकै होटलमा राखेको प्रहरीको भनाइ छ। पीडितका आफन्तको सूचनापछि ब्यूरोले भारतको ‘केआईएन इन्डिया’ नामक संस्थासँग समन्वय गरी पीडितको उद्धार गरेको हो।

प्रेस विज्ञप्ति जारी गर्दै ब्यूरोले सबै प्रतिवादीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट आवश्यक म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर...

सुनका सिक्री लुटपाटमा संलग्न ५ जना पक्राउ

सुनका सिक्री लुटपाटमा संलग्न ५ जना पक्राउ

सुनका सिक्री लुटपाटमा संलग्न ५ जना पक्राउ...

नेपाल–चीन र नेपाल–जापानबीच सूचना प्रविधि सहकार्य विस्तारमा जोड

नेपाल–चीन र नेपाल–जापानबीच सूचना प्रविधि सहकार्य विस्तारमा जोड

नेपाल–चीन र नेपाल–जापानबीच सूचना प्रविधि सहकार्य विस्तारमा जोड...

काठमाडौं घोषणा पत्र जारी: ‘ओझेलका आवाजहरू केन्द्रमा ल्याउन’ संयुक्त प्रतिबद्धता

काठमाडौं घोषणा पत्र जारी: ‘ओझेलका आवाजहरू केन्द्रमा ल्याउन’ संयुक्त प्रतिबद्धता

काठमाडौं घोषणा पत्र जारी: ‘ओझेलका आवाजहरू केन्द्रमा ल्याउन’ संयुक्त प्रतिबद्धता...

मन्त्रिपरिषद् बैठकका निर्णय: भन्सार नियमावली स्वीकृत, सशस्त्र प्रहरीमा नयाँ  प्रहरी महानिरीक्षक नियुक्त

मन्त्रिपरिषद् बैठकका निर्णय: भन्सार नियमावली स्वीकृत, सशस्त्र प्रहरीमा नयाँ प्रहरी महानिरीक्षक नियुक्त

मन्त्रिपरिषद् बैठकका निर्णय: भन्सार नियमावली स्वीकृत, सशस्त्र प्रहरीमा नयाँ प्रहरी महानिरीक्षक नियुक्त...

खाली गराइएको सुकुम्बासी  बस्ती क्षेत्र संरक्षण गर्न तारबार लगाउने

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्र संरक्षण गर्न तारबार लगाउने

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्र संरक्षण गर्न तारबार लगाउने...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्