२९ जेठ २०८३, शुक्रबार

खाजाघरमा जबरजस्ती वेश्यावृत्तिमा लगाएको’ आरोपमा दुई जना पक्राउ


अ+
अ-

काठमाडौं, चैत १९ । खाजाघरमा कामको प्रलोभन देखाई एक युवतीलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नम्बर ०९ घर भएकी ३७ वर्षीया सुकुमाया तामाङ र सोही गाउँपालिका वडा नम्बर ०४ घर भएका ३१ वर्षीय प्रमोद तामाङ रहेको ब्यूरोले जनाएको छ।

प्रेस विज्ञप्ति अनुसार, जाहेरवाला (परिवर्तित नाम २६ बबरमहल) लाई खाजाघरमा भाँडा माझ्ने र सरसफाइको काममा मासिक ७ हजार रुपैयाँ तथा पछि १५ हजार रुपैयाँसम्म तलब दिने प्रलोभन देखाई काठमाडौं मनमैजु ल्याइएको थियो।

त्यहाँ रहेको सुकुमाया तामाङले सञ्चालन गरेको ‘अशोक खाजा घर’ र प्रमोद तामाङले सञ्चालन गरेको ‘मञ्जुश्री खाजा घर’ मा उक्त युवतीलाई परपुरुष ग्राहकसँग रकम लिई जबरजस्ती वेश्यावृत्तिमा लगाइएको ब्यूरोको आरोप छ।

आरोपितहरूले आफूले भनेको नमाने मोबाइल नम्बर र फोटो टिकटकमा राखी ‘वेश्यावृत्ति गर्ने केटी हो’ भन्दै बदनाम गरिदिने धम्की दिएको र डर त्रास देखाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ।

गत चैत १६ गते ब्यूरोबाट खटिएको प्रहरी टोलीले पीडित युवतीलाई उद्दार गरी दुवै अभियुक्तलाई पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतले उनीहरूलाई सोही मितिबाट लागू हुने गरी सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको ब्यूरोका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिएका छन्।

मानव बेचबिखन तथा ओसारपसार मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्