१४ बैशाख २०८३, सोमबार

स्तन, पाठेघरको मुख तथा सर्भाइकल क्यान्सर निःशुल्क परीक्षण सुरु


अ+
अ-

काठमाडौँ, चैत १७ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा हिजाेदेखि महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण थालेको छ । पहिलो दिन जाँचका लागि स्वास्थ्य प्रवर्धन केन्द्रबाट १३६ जनाले रिफरल स्लिप लिएर वीर अस्पताल गएबा थिए । तीमध्ये ५ जनाको परिवारमा स्तन क्यान्सर र ३ जनाको परिवारमा सर्भाइकल क्यान्सरको हिस्ट्री छ । 

शुभारम्भ अवसरमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले पनि स्वास्थ्य जाँच गराइन् । त्यस क्रममा बोल्दै डंगोलले भनिन्,- ‘समयमा पत्ता लगाउन सकिएन भने क्यान्सरले जीवन लान्छ । आर्थिक अवस्था र घर परिवारलाई कमजोर बनाउँछ । जाँच गरेर समयमा क्यान्सर परिहान गर्न सकियो भने उपचार सरल र कम खर्चिलो हुन्छ । जीवन बचाउन सकिन्छ ।’ उनले शिक्षा र सचेतनाको कुरा गर्दै भनिन्, ‘घरमा महिलाहरु परिवारका सदस्य बिरामी पर्नुहोला कि भनेर चिन्तित हुनुहुन्छ । तर, आफैँ स्वास्थ्य जाँच गराउन भने ख्याल गर्नुहुन्न । यसकारण महिलाहरुलाई आफ्नो पनि स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्दछु ।’

क्यान्सरले परिवार र आर्थिक अवस्थालाई भविष्यसम्म पनि अप्ठ्यारो पार्ने भएकोले धेरैभन्दा धेरै महिलाहरुको क्यान्सर परीक्षण गराएर सम्भावित जोखिम कम गराउने प्रयास गरिरहेको कार्यवाहक प्रमुख 
डंगोलको भनाइ छ । 

चिकित्सा विज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले यस अघि समयमा क्यान्सर पहिचान गर्न नसकेकाले यो डरलाग्दो बनेको उल्लेख गर्दै महानगरपालिकाले क्यान्सर पहिचानलाई प्राथमिकता राखेर कार्यक्रम चलाउनुले समस्या समाधानमा ठुलो महत्व राखेको बताए । महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरुमा सदैव साथमा रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक प्रा. डा. दिलिप शर्माले महिलाहरुको स्तन, पाठेघर र सर्भाइकल क्यान्सरका क्षेत्रमा अनुकरणीय काम सुरु भएको बताए । 

क्यान्सर उपचारको अनुभव सुनाउँदै कार्यक्रममा सस्मिता कार्की थापाले भनिन्, ‘मलाई पिसाबको इन्फेक्सन भइरहन्थ्यो । कहिलेकाही महिनावारी गडवडी हुन्थ्यो । यसलाई मैले कहिल्यै पनि समस्याको रुपमा लिएको थिएन । जब क्यान्सर भएको चिकित्सकबाट थाहा पाएँ । सुरुमा त पत्याइन । जब पत्याउनु पर्ने दिन आयो । त्यसपछि धेरै नै डराएँ । मलाई बाँच्छु भन्ने लागेकै थिएन । सन्तानको मात्र माया लाग्थ्यो । सन्तानलाई अझै ठूलाे बनाएर, थोरै पढाएर मर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । तर, उपचार गर्दै जाँदा म त बाँच्न सक्ने भएँ । डाक्टर भनेका साँच्चै भगवान हुँदा रहेछन् ।  महानगरपालिकाले क्यान्सर जाँच गर्ने जुन कार्यक्रम ल्याएको छ । यो साँच्चै नै ठुलो काम हो । पर्नेलाई थाहा हुन्छ । क्यान्सर भएका मानिसलाई सानोतिनो सहयोगले पनि बाँच्नका लागि कति धेरै हौसला हुन्छ भन्ने कुरा । महानगरपालिकाका प्रमुखप्रति धेरै नै आभारी हुनुपर्छ ।’

गएको वर्षको कार्यक्रममा जाँच गराउँदा पोजेटिभ भएपछि उपचारको अनुभव सुनाउँदै बिमला पौडेलले भनिन्, ‘जाँच गराउँदा मलाई पोजेटिभ देखियो । पहिलो स्टेजमै पत्ता लागेकोले मेरो उपचार सहज भयो अहिले मेरो नेगेटिभ भइसकेको छ । यदि मैले पहिले नजँचाएको भए अहिले म शिथिल बिरामी भएको अवस्थामा हुन्थेँ होला । मलाई यो जीवन दिएकोमा काठमाडौँ महानगरपालिका र वीर अस्पताललाई धन्यवाद ।’

पाठेघरको मुखको क्यान्सर परीक्षण गराउँदा एचपीभी पोजेटिभ देखिए धेरै महिला र परिवारका सदस्य क्यान्सर भयो भनेर डराउनुहुन्छ । तर, एचपीभी पोजेटिभ हुनु क्यान्सर हुनु होइन । यसबाट संक्रमण भएर क्यान्सरको जोखिम हुन सक्ने जोखिम हो । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा. डा. सन्ध्या चापागाईँकाे कथनमा, ‘क्यान्सर रोगका विषयमा समुदाय स्तरमा चेतना विस्तार गर्नु पर्ने धेरै विषय छन् । 

महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच गराउँदा अहिलेसम्म एचपीभी १६ र एचपीभी १८ को मात्र परीक्षण गर्ने गरिएको थियो । गएको वर्ष ९८ जनाको परीक्षणमा एचपीभी १६ र १८ देखिएको थिएन । यसकारण यस वर्षको परीक्षणमा एचपीभी ६, एचपीभी ११, एचपीभी १६, एचपीभी १८, एचपीभी ३१, एचपीभी ३३, एचपीभी ४५, एचपीभी ५२ र एचपीभी ५८ को पनि जाँच गर्ने तयारी गरिएको वीर अस्पताल प्रयोगशालाका प्रमुख प्रकाश नेपालले जानकारी दिए । 
सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका ३ वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिन्छ । 
ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० बर्षदेखि ६० बर्ष समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनुपर्छ । 

चिकित्सकहरूका अनुसार एक जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर...

सुनका सिक्री लुटपाटमा संलग्न ५ जना पक्राउ

सुनका सिक्री लुटपाटमा संलग्न ५ जना पक्राउ

सुनका सिक्री लुटपाटमा संलग्न ५ जना पक्राउ...

नेपाल–चीन र नेपाल–जापानबीच सूचना प्रविधि सहकार्य विस्तारमा जोड

नेपाल–चीन र नेपाल–जापानबीच सूचना प्रविधि सहकार्य विस्तारमा जोड

नेपाल–चीन र नेपाल–जापानबीच सूचना प्रविधि सहकार्य विस्तारमा जोड...

काठमाडौं घोषणा पत्र जारी: ‘ओझेलका आवाजहरू केन्द्रमा ल्याउन’ संयुक्त प्रतिबद्धता

काठमाडौं घोषणा पत्र जारी: ‘ओझेलका आवाजहरू केन्द्रमा ल्याउन’ संयुक्त प्रतिबद्धता

काठमाडौं घोषणा पत्र जारी: ‘ओझेलका आवाजहरू केन्द्रमा ल्याउन’ संयुक्त प्रतिबद्धता...

मन्त्रिपरिषद् बैठकका निर्णय: भन्सार नियमावली स्वीकृत, सशस्त्र प्रहरीमा नयाँ  प्रहरी महानिरीक्षक नियुक्त

मन्त्रिपरिषद् बैठकका निर्णय: भन्सार नियमावली स्वीकृत, सशस्त्र प्रहरीमा नयाँ प्रहरी महानिरीक्षक नियुक्त

मन्त्रिपरिषद् बैठकका निर्णय: भन्सार नियमावली स्वीकृत, सशस्त्र प्रहरीमा नयाँ प्रहरी महानिरीक्षक नियुक्त...

खाली गराइएको सुकुम्बासी  बस्ती क्षेत्र संरक्षण गर्न तारबार लगाउने

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्र संरक्षण गर्न तारबार लगाउने

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्र संरक्षण गर्न तारबार लगाउने...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्