काठमाडौं, चैत ५ । इरानको ग्यास क्षेत्रमा बुधबार भएको आक्रमणपछि इराकमा ग्यास आपूर्ति ठप्प भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानको ग्यास पूर्वाधारमा लक्षित आक्रमण भएपछि इराकतर्फ निर्यात हुँदै आएको ग्यास आपूर्ति अचानक बन्द भएको हो। इराकले विद्युत उत्पादनका लागि ठूलो परिमाणमा इरानी ग्यासमा निर्भर रहँदै आएको छ।
इराकी ऊर्जा मन्त्रालयलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएअनुसार आपूर्ति अवरुद्ध हुँदा देशका विभिन्न भागमा विद्युत उत्पादनमा असर परेको छ। विशेषगरी गर्मी बढ्दै गएको समयमा विद्युत अभावले सर्वसाधारण प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
उक्त आक्रमणको जिम्मेवारी कसले लिएको भन्ने स्पष्ट भइसकेको छैन। तर, क्षेत्रीय तनाव बढिरहेका बेला ऊर्जा पूर्वाधार लक्षित घटनाले मध्यपूर्वमा सुरक्षा चुनौती थपिएको विश्लेषण गरिएको छ।
एजेन्सीको सहयाेगमा
मेगु पोस्त: नेवाः टाइम्स
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...
बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...
बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......
कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन
कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...
समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह
समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment