काठमाडौं, चैत ३ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका विभिन्न मुलुकहरूका लागि व्यक्तिगत र संस्थागत श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ।
मन्त्रालयको गत फागुन १७ गतेको निर्णयअनुसार यूएई , कतार, कुवेत, बहराइन, ओमान, साउदी अरेबिया, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल लगायत मध्यपूर्वी मुलुकहरूका लागि श्रम स्वीकृति प्रदान गरिने भएको हो।
यसअघि श्रम स्वीकृति समाप्त भएर पुनः नवीकरण गर्न नपाएका श्रमिकहरूले समेत पुनः श्रम स्वीकृति पाउने भएका छन्। परराष्ट्र मन्त्रालयको आजको सिफारिस र वैदेशिक रोजगार विभागको लेखी आएको आधारमा मन्त्रालयको चैत ३ गतेको निर्णयबाट यो व्यवस्था गरिएको हो।
गैरआवासीय नेपाली संस्था, दूतावासहरू लगायत श्रमिक संस्थाहरूले श्रम स्वीकृति खुला गर्न माग गरेपछि सरकारले यो निर्णय गरेको बताइएको छ।
मेगु पोस्त: नेवाः टाइम्स
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...
बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...
बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......
कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन
कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment