३ मंसिर २०८३, बिहिबार

पोखरी र संस्कृति


अ
अ+
अ-
⠿ drag

पोखरी फगत पानीको भण्डार होइन । होला अरुतिर, त्यो बेग्लै कुरा। काठमाडौंको नेवार जनजीवनमा पोखरीको अर्थ प्रायः धर्म, संस्कृति, कला र इतिहास जोडिएको हुन्छ अथवा यी कुराहरुको खुल्ला संग्रहालाय भइरहेको हुन्छ । त्यसैले पोखरी फगत पानीको भण्डार होइन । अन्त भएपनि कम्तीमा काठमाडौं उपत्यकामा हुँदैन ।

काठमाडौं उपत्यका मन्दिरै मन्दिरले भरिएको सहर मात्रै होइन, पोखरी नै पोखरीको पनि हो । विशेषतः भक्तपुर जिल्लामा ठूल्ठुला पोखरीहरु देख्न पाइन्छ । लिच्छविकालमा खोपृङ नामबाट प्रख्यात यसको नामले अझै पनि निरन्तरता पाइ नै रहेको छ, “खोप” भनेर । भादगाउँ वा भक्तपुर त हिजोआज मात्रै राखिएको नाम हो । एक समय पूरा नेपालको राजधानी थियो, भक्तपुर । ऐतिहासिक सामग्रीहरुले भन्छ, राजधानी बनेको बेलामा मात्रै होइन, त्योभन्दा पहिल्यैदेखि यो कला र संस्कृतिले सम्पन्न थियो र शक्तिशाली पनि । राजा यक्ष मल्लको निधनपछि राय मल्ल राजा त भए तर भाई रत्न मल्लको महत्वाकांक्षालाई तह लगाउन नसक्दा कान्तिपुरलाई छुट्टै राजधानी बनाई बेग्लै राज्य बनाए अर्थात् नेपाललाई खण्डित बनाए । पछि ललितपुर छुुटियो । यस प्रकार मध्यकालमा नेपाल तीन बेग्लाबेग्लै राज्यमा बाँडियो । यो बेला एक राज्यले अर्को राज्यबीच विकास निर्माणमा प्रतिस्पर्धामात्रै नभएर एकअर्काको कलासम्पदा लुट्ने पनि गरिन्थ्यो । कान्तिपुरमा राजा प्रताप मल्लले रानीपोखरी बनाउनुअघि नै भक्तपुरमा रानीपोखरी बनिसकेको थियो र प्रख्याती पनि फैलिएको थियो । भक्तपुर आक्रमण गर्न आएका राजा प्रताप मल्लले यही रानीपोखरीबाट कलाकृतिहरु उठाएर लगी आफ्नो राज्यमा रानीपाखरीको निर्माण गरेका थिए । शाहकालमा लामो समयदेखि सैनिक इलाकाभित्र रहेको भक्तपुरको रानीपोखरी हाल भक्तपुर नगरपालिकाको मातहतमा आएको छ र सर्वसाधारणका लागि सार्वजनिक रुपमा खुल्ला छ ।

रानीपोखरीको सँगै छ, सिद्धिपोखरी । जमीनको सतहभन्दा माथि उठाएर बनाएको यो पोखरीमा पानी जम्नु नै उदेकलाग्दो छ, सोसिएर गएको छैन । सिद्धिपोखरीपछि अर्को पोखरी आउँछ, नःपुखू । नःपुखू भूसतहमा छ । विशाल भूक्षेत्रमा फैलिएको मनोहर पोखरी हो यो । लहरै रहेका यी तीन पोखरीको दक्षिणमा बाटो ठुलो बाटो छ भने बाटोपछि घरहरु लहरै उभिएका छन् । घरपछि पुनः अर्को विशाल पोखरी आउँछ, भाजु पुखू । थोरै थोरै दुरीभित्र रहेका यी चार पोखरी, पोखरी मात्रै होइन, संस्कृतिको केन्द्र पनि हो । यसदेखि बाहेक यही जिल्लामा अरु पोखरीहरु पनि छन् । प्रत्येक पोखरीको आफ्नै इतिहास र संस्कृति जोडिएको छ र जीवन्त छ ।

(शब्द र फोटो: बसन्त महर्जन)

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

मेगु पोस्त: बसन्त महर्जन

छिं लेखकाः मेगु लेख
रोक्नुपर्छ नेपाल सम्बतको नाममा हुने उच्छृंखल गतिविधि

रोक्नुपर्छ नेपाल सम्बतको नाममा हुने उच्छृंखल गतिविधि

नेपाल सम्बत ११४७ नयाँ वर्षको शुभकामना आदनप्रदान गर्ने काम भर्खरै सकिएको छ । अथवा भनौं नयाँ वर्ष तथा स्वन्ति नखःको ‘ह्याङ...

एकै दिनमा सकिन्न नेवारको लक्ष्मी पूजा

एकै दिनमा सकिन्न नेवारको लक्ष्मी पूजा

तर नेवार संस्कृतिमा यमपञ्चकबारे खासै चासो हुँदैन र तीन दिन मात्र मनाइन्छ । यी तीन दिनको सांस्कृतिक पर्वलाई स्वन्ति भनिन्...

देशकै पहिचान नेपाल संवत्

देशकै पहिचान नेपाल संवत्

राष्ट्रिय मान्यताप्राप्त नेपाल संवत् विश्वमा प्रचलनमा रहेका संवत्‌हरूभन्दा अलि फरक छ। प्रचलित संवत्‌हरूमध्ये कुनै राजाको...

संयुक्त राष्ट्र संघमा नेपाल सम्बत

संयुक्त राष्ट्र संघमा नेपाल सम्बत

संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा नेपाल सम्बत ? हो, नेपाल सम्बत । नेपाल सम्बतअनुसार नयाँ वर्षको औपचारिक कार्यक्रम ...

लक्ष्मी पूजाकी लक्ष्मी मायादेवी होइनन्

लक्ष्मी पूजाकी लक्ष्मी मायादेवी होइनन्

लक्ष्मी हिन्दू धर्ममा एक देवी हुन् र समाजमा उनको महत्व ठूलै रहेको मानिन्छ ।......

अहिंसाको कुरा र बुद्धको शिक्षा

अहिंसाको कुरा र बुद्धको शिक्षा

बुद्ध जन्मेको देश हुँदैमा देशवासीको मनमस्तिष्कमा बुद्ध शिक्षा स्वतः घुसेको हुँदैन । बुद्ध अनेक विधि उपाय अपनाएर मान्छेको...