१८ असोज २०८३, आइतबार

घाटु नाच


अ
अ+
अ-
⠿ drag
घाटु गुरु

घाटु भन्नासाथ गुरुङ सांस्कृतिक जीवनको झल्को आइहाल्छ । हो, यो नाच गुरुङ समुदायको पहिचान नै भन्दा पनि हुन्छ । यो समुदायमा परम्परागत रुपमा प्रचलित यो नाच प्रचलित नै छ र यसको लोकप्रियता अझ बढ्दो छ । बास्तवमा यो एक प्रकारको नृत्य नाटिका हो र यसले लामो कथा कहन्छ । संगीतको धूनमा यो नाचिन्छ, संगीतमा नै नर्तक झुम्मिन्छ र करीब बेहोस नै पनि हुन्छन् । संगीतकै माध्यमबाट नर्तकलाई ब्युँझाइन्छ पनि । अचम्म लाग्छ । अचम्म लाग्ने भएरै यो प्रसिद्ध पनि छ । 

नाच्ने क्रममा नर्ककहरु बिस्तारै यस्सरी बाङ्गिन्छ कि, कम्मर टुक्रुक्क भाँचिएला जस्तो देखिन्छ । पूरै नाच बिस्तारै नाचिन्छ । गाह्रो हुँदैन र ? नाचपछि प्रश्नको जवाफमा नर्तक भन्छन्, घाटुको लयमा लठ्ठिन्छ कि, त्यस्तो केही चाल पाइँदैन । 

घाटु नाच रमाइलो र मन बहलाउनका लागि नाचिन्न । यो एक प्रकारको साधना हो र गुरुङ समुदायले यसलाई साधनाकै रुपमा हेरेको हुन्छ । त्यही भएर घाटु नाच सुरु गर्नुअघि पूजापाठ पनि गर्नुपर्ने हुन्छ । घाटु नै हो तर तीन थरीको हुन्छ, बेग्लाबेग्लै समय र सन्दर्भमा नचाइन्छ । बाह्रमासे घाटु मात्रै त्यस्तो नाच हो जुन कुनै पनि बेला देखाउन मिल्छ ।

(शब्द र फोटोः बसन्त महर्जन)

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

मेगु पोस्त: बसन्त महर्जन

छिं लेखकाः मेगु लेख
नेवार, नेपाल र नेपालमण्डल

नेवार, नेपाल र नेपालमण्डल

‘नेवार’का सम्बन्धमा कुरा गर्दा ‘नेपाल’ को कुरा स्वभावतः आउँछ नै । साथसाथै ‘नेपालमण्डल’ को सन्दर्भ पनि आइरहेको हुन्छ । कत...

नेवार र मल्लकाल

नेवार र मल्लकाल

नेवार अध्ययनका प्रायः अध्येताको ध्यान मल्लकालमा सोझिनु ऐतिहासिक दृष्टिले अलि संकुचित हुनु हो । यस अवस्थामा सर्वसाधारण ने...

बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार

बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार

कोही नेवारलाई कसैले ‘तिमी बौद्ध हो कि हिन्दू ?’ भनेर सोध्योभने साधारणतः त्यो नेवार अल्मलिन्छ । वास्तविकता त के हो भने, ए...

नेवारसँग किन धेरै संस्कृति ?

नेवारसँग किन धेरै संस्कृति ?

नेवारको पहिचान संस्कृतिमा सम्पन्न समुदायको रुपमा रहेको पाइन्छ । नेपाली समाजमा संस्कृतिको सवाल उठ्दा नेवारको नाम छुट्दैन ...

नेवार र नेपालभाषा

नेवार र नेपालभाषा

जसरी तामाङको तामाङ भाषा, मगरको मगर भाषा, गुरुङको गुरुङ भाषा हुन्छ, त्यसरी नै......

नेवारबाट सिकौं, बाढीबाट बचौं

नेवारबाट सिकौं, बाढीबाट बचौं

बाढी, पहिरो, भुइँचालोलगायतका प्राकृतिक प्रकोपहरू जब मानवीय क्षतीको स्तरमा......

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्