Thursday, October 29, 2026 | 10:54 PM

जलवायु न्यायका लागि चार प्राथमिकता अघि सार्दै परराष्ट्रमन्त्री खनाल


अ
अ+
अ-

काठमाडौं, कार्तिक १२ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई सम्बोधन गर्न पर्वतीय मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
काठमाडौंमा आज आयोजित राष्ट्रिय जलवायु सम्मेलन २०२६ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले टर्कीको अन्ताल्यामा हुने जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अघि पर्वतीय रणनीति तथा महत्त्वपूर्ण जलवायु नीतिगत दस्तावेज सार्वजनिक हुनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा स्वागत गरे।
हालैको भोटेकोशी विपद्ले अनुमानित ४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको क्षति पुर्‍याएको उल्लेख गर्दै मन्त्री खनालले हिमाली पारिस्थितिक प्रणाली अत्यन्त संवेदनशील अवस्थामा रहेको बताए। हिमालको संरक्षण नेपाल वा हिमाली मुलुकहरूको मात्र नभई विश्व समुदायको साझा जिम्मेवारी भएको उनको भनाइ थियो।
उनले जलवायु परिवर्तनका कारण हुने हानि तथा नोक्सानी सम्बोधन गर्ने कोषबाट नेपाललाई प्रारम्भिक रूपमा २ करोड १६ लाख अमेरिकी डलर विनियोजन हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए। यद्यपि, जलवायुजन्य विपद्बाट प्रभावित मुलुकलाई प्रभावकारी सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायले पूर्वानुमानयोग्य, अनुदानमा आधारित आर्थिक स्रोत उपलब्ध गराउनुका साथै सहायता प्राप्त गर्ने प्रक्रिया सरल बनाउनुपर्नेमा उनले जोड दिए।
कोप–३१ लाई लक्षित गर्दै मन्त्री खनालले नेपालको चार प्रमुख प्राथमिकता अघि सारे। उनका अनुसार पर्वतीय मुद्दालाई छुट्टै प्राथमिकताका साथ अन्तर्राष्ट्रिय जलवायु कार्यसूचीमा समावेश गर्ने, हानि तथा नोक्सानीसम्बन्धी सहयोगलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, सहज पहुँचसहित जलवायु वित्त सुनिश्चित गर्ने र समानतामा आधारित जलवायु न्यायलाई अघि बढाउने नेपालका मुख्य प्राथमिकता हुन्।
‘सगरमाथादेखि समुद्रसम्म’ भन्ने अवधारणाले पृथ्वीको पारिस्थितिक प्रणाली एकअर्कासँग अन्तरसम्बन्धित रहेको तथ्य उजागर गर्ने उल्लेख गर्दै उनले जलवायु परिवर्तनका चुनौती सामना गर्न राष्ट्रियस्तरमा समन्वित प्रयास आवश्यक रहेको बताए।
नेपालले विश्वमञ्चमा आफ्नो आवाज एकीकृत र प्रभावकारी रूपमा प्रस्तुत गर्न सरकार, सरोकारवाला निकाय तथा समग्र राष्ट्र एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री खनालले विश्वव्यापी जलवायु वार्ताबाट अर्थपूर्ण उपलब्धि हासिल गर्नुपर्ने बताए।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्