काठमाडौं, भदाै ११ । रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाले ३३६ जनाको हवाई उद्धार गरेको छ। उद्धार गरिएकामध्ये विभिन्न ६ देशका ४५ जना विदेशी नागरिक रहेका छन्।
नेपाली सेनाका अनुसार भाद्र ११ गते बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे तथा मैलुङ क्षेत्रबाट उनीहरूको हवाई उद्धार गरिएको हो।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिँदै नेपाली सेनाले करिब ४ हजार फौज परिचालन गरेको जनाएको छ। सेनाले समन्वयात्मक रूपमा घाइते तथा प्रभावितहरूको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरण गरिरहेको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेना निरन्तर परिचालित रहेको जनाएको छ।
‘जहाँ संकट, त्यहाँ नेपाली सेना’ भन्ने अभियानसहित सेनाले विपद्का समयमा उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राख्दै आएको छ।
More from NewaTimes
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...
‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह
‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...
जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने
जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment