काठमाडौँमा बाँदर–मानव द्वन्द्व बढ्दो, दिगो व्यवस्थापनको तयारी


अ+
अ-

काठमाडौँ, साउन ३० । काठमाडौँको स्वयम्भू क्षेत्रमा बाँदरको आतंक बढेपछि स्थानीयवासीले बाँदरको मानवीय तथा दिगो व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकासँग आग्रह गरेका छन्।
बाँदरका कारण आफूहरूले निरन्तर समस्या भोग्नुपरेको भन्दै स्थानीयवासीले महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसमक्ष समस्या राखेका हुन्। कार्यवाहक प्रमुख डंगोलको कार्यकक्षमा भएको छलफलमा स्थानीयले बाँदरका कारण घर तथा व्यक्तिगत सम्पत्तिमा क्षति पुग्नुका साथै दैनिक जीवनसमेत प्रभावित भएको बताए।
स्थानीयवासीका अनुसार बाँदर हुल तथा बथानमा घरभित्र प्रवेश गर्ने गरेका छन्। घरमा पसेपछि सामान तोडफोड गर्ने र खानेकुरा तथा फलफूलको गन्ध पाएपछि झनै आक्रामक हुने गरेको उनीहरूको भनाइ छ। एउटा पटक घरभित्र प्रवेश गर्दा ५ हजारदेखि १० हजार रुपैयाँसम्मको क्षति हुने गरेको स्थानीयले बताएका छन्।
‘हामी बाँदरसँग जुध्न सक्दैनौँ, व्यवस्थापन गरिदिनुपर्‍यो,’ स्थानीयवासीले भने। उनीहरूले स्वयम्भू क्षेत्रमा मानिस र बाँदरबीचको द्वन्द्व बढ्दै गएको भन्दै तत्काल व्यवस्थापनको आवश्यकता औँल्याए।
स्थानीयले आफूहरू बाँदरविरोधी नभएको स्पष्ट पार्दै बाँदरलाई मार्ने वा नष्ट गर्ने नभई मानवीय तरिकाबाट व्यवस्थापन गर्नुपर्ने बताए।
‘अरू मानिस चिडियाखाना गएर तारबारभित्रका जंगली जनावर हेर्छन्। हामी स्वयम्भूबासी भने घरमा तारबार गरेर भित्र बस्नुपर्ने अवस्था छ,’ उनीहरूले भने, ‘हामी बाँदर विरोधी होइनौँ, तर उनीहरूको आतंकमा बस्न सक्ने अवस्थामा छैनौँ। त्यसैले व्यवस्थापन नगरी हुँदैन।’
स्थानीयको गुनासो सुनेपछि कार्यवाहक प्रमुख डंगोलले बाँदर व्यवस्थापनका लागि तत्काल गर्न सकिने कामसँगै दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन्।
उनले पीडित स्थानीयवासी, वन्यजन्तु विज्ञ तथा सम्बन्धित सरोकारवालाबीच छलफल गरी मानवीय र दिगो व्यवस्थापनको उपाय पहिचान गर्नुपर्ने बताइन्।
‘बाँदरहरूको मानवीय व्यवस्थापनमा तत्काल गर्न सकिने कामका लागि पीडामा रहेका स्थानीय, वन्यजन्तु विज्ञ र सरोकारवालाका बीचमा छलफल गरेर दिगो समाधान खोजौँ,’ डंगोलले भनिन्, ‘अहिलेका लागि तत्काल गर्न सकिने व्यवस्थापनको नमुना कार्यक्रम थालनी गरौँ।’
उनले बाँदर–मानव द्वन्द्वको अध्ययन गरी कार्ययोजनासहित व्यवस्थापनको काम अघि बढाउनुपर्नेमा जोड दिइन्। अध्ययन र योजनाका आधारमा अघि बढ्दा समस्या समाधानमा दिगोपना आउने उनको भनाइ छ।
काठमाडौँ महानगरपालिकाले स्वयम्भू क्षेत्रमा बढ्दै गएको बाँदर–मानव द्वन्द्वलाई तत्कालीन व्यवस्थापनसँगै दीर्घकालीन समाधानको दृष्टिले अघि बढाउने तयारी गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
स्पेनको ग्रानाडामा ५ म्याग्निच्युडको भूकम्प, भवन र सवारीसाधनमा क्षति

स्पेनको ग्रानाडामा ५ म्याग्निच्युडको भूकम्प, भवन र सवारीसाधनमा क्षति

स्पेनको ग्रानाडामा ५ म्याग्निच्युडको भूकम्प, भवन र सवारीसाधनमा क्षति...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य

वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य

वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य...

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता...

समुदायको सहभागितामा अमूर्त सांस्कृतिक सम्पदा अभिलेखीकरण कार्यशाला सुरु

समुदायको सहभागितामा अमूर्त सांस्कृतिक सम्पदा अभिलेखीकरण कार्यशाला सुरु

समुदायको सहभागितामा अमूर्त सांस्कृतिक सम्पदा अभिलेखीकरण कार्यशाला सुरु...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्