Wednesday, October 28, 2026 | 9:20 AM

मोबाइल फोनमार्फत विपद् पूर्वचेतावनी प्रणाली कार्यान्वयनबारे प्राधिकरणमा छलफल


अ
अ+
अ-

काठमाडौं, साउन ४ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मोबाइल फोन प्रसारण प्रणाली (Cell Broadcasting for Early Warning) मार्फत विपद् पूर्वचेतावनी प्रणाली कार्यान्वयनका विषयमा छलफल भएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाको अध्यक्षता तथा गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीको विशेष उपस्थितिमा भएको छलफलमा विपद् व्यवस्थापन तथा प्रसारणसँग सम्बन्धित संघीय मन्त्रालय र निकायका प्रतिनिधिहरू सहभागी थिए।
छलफलमा मोबाइल फोन प्रसारण प्रणालीलाई एकीकृत पूर्वसूचना प्रणालीको महत्वपूर्ण अंगका रूपमा विकास गर्ने विषयमा विचारविमर्श गरिएको थियो। यस प्रविधिमार्फत मोबाइल सञ्चार प्रणालीको रेडियो एक्सेस नेटवर्क प्रयोग गरी विपद्को जोखिममा रहेका लक्षित भौगोलिक क्षेत्रमा रहेका सबै मोबाइल फोनमा एकैसाथ पूर्वचेतावनी सन्देश प्रसारण गर्न सकिने जानकारी दिइएको थियो।
सहभागीहरूले बाढी, पहिरो, डुबान, आकस्मिक बाढीलगायत प्राकृतिक विपद्को जोखिम रहेका क्षेत्रमा समयमै पूर्वचेतावनी पुर्‍याउन सेल ब्रोडकास्टिङ प्रणाली प्रभावकारी माध्यम हुने धारणा व्यक्त गरेका थिए। उनीहरूले यस प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायबीच समन्वय, प्राविधिक तयारी तथा आवश्यक नीतिगत व्यवस्था सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा आधुनिक सूचना तथा सञ्चार प्रविधिको उपयोग बढाउँदै पूर्वचेतावनी प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको प्राधिकरणले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्