Wednesday, October 28, 2026 | 6:35 PM

आजको प्रतिनिधिसभामा सार्वजनिक खरिद, सहकारी, सम्पत्ति शुद्धीकरण र राष्ट्र ऋणसम्बन्धी विधेयक अघि बढाइने


अ
अ+
अ-

काठमाडौं, असार १४ । संघीय संसद् प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत आज (आइतबार) बिहान ११ बजे बस्ने बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची तय गरिएको छ।
प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठकको सुरुवातमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
त्यसपछि प्रधानमन्त्रीको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सदनमा पेश गर्नेछन्।
बैठकमा मन्त्री पुनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने तथा उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने र त्यसपछि विधेयक प्रस्तुत गर्नेछन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिमा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गरी विधेयक सदनमा दर्ता गराउने कार्यसूची छ।
त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित उक्त विधेयक सदनमा पेश गर्नेछिन्।
बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनहरूसहित छलफल हुने, संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने तथा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले पेश गर्ने कार्यसूची छ।
यसैगरी, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफल सदनमै गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिने, प्राप्त संशोधनहरू निर्णयार्थ पेश गरिने तथा अन्ततः उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्री डा. वाग्लेले राख्नेछन्।
बैठकको अन्त्यमा प्रतिनिधिसभाका पूर्वसदस्य राजेन्द्र खरेल को निधनप्रति सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको प्रतिनिधिसभा सचिवालयले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्