Wednesday, October 28, 2026 | 12:04 PM

गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ


अ
अ+
अ-

काठमाडौं, असार १० । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।
सीआईबीका अनुसार नेपाल मेडिकल काउन्सिल बानेश्वरबाट प्राप्त उजुरी तथा छानबिन प्रतिवेदनका आधारमा काठमाडौं महानगरपालिका–८ मा सञ्चालित स्पर्क इन्टरनेसनल हेल्थ रिसोर्टमा कार्यरत चितवनका ४७ वर्षीय चेतन एम.एम. (पौडेल) लाई पक्राउ गरिएको हो।
प्रहरीले जनाएको छ कि पौडेलले नेपाल मेडिकल काउन्सिलमा दर्ता प्रमाणपत्र (एनएमसी नम्बर) प्राप्त नगरी चिकित्सकको उपाधि प्रयोग गर्दै बिरामीहरूको आधुनिक चिकित्सा पद्धतिअन्तर्गत निदान तथा उपचारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले बिरामीलाई औषधि सिफारिस गरिएको प्रिस्क्रिप्सनसमेत वितरण गरेको आरोप छ।
नेपाल मेडिकल काउन्सिलको छानबिन प्रतिवेदनसहितको उजुरी प्राप्त भएपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खटिएको प्रहरी टोलीले असार ९ गते काठमाडौं जिल्ला चन्द्रागिरी नपा–८ बाट उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत उपचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्