काठमाडौं, वैशाख, १५ । नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गरेको अभियोगमा ६ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी का अनुसार पक्राउ पर्नेहरूमा बारा बस्ने उदयपुर घर भएका ३८ वर्षीय मिलन कुमार तामाङ, काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने २६ वर्षीय योग बहादुर तामाङ, ३६ वर्षीय भविन्द्र कुमार तामाङ, चितवन रत्ननगर गाउँपालिका-५ बस्ने ३४ वर्षीय प्रबिन महतो, रौतहट गुजरा नगरपालिका-१ बस्ने २८ वर्षीया मुना धामी र चितवन कालिका नगरपालिका-५ बस्ने ३८ वर्षीय सत्य नारायण चौधरी रहेका छन् ।
काठमाडौंको विभिन्न स्थानमा वडा एरियामा केही व्यक्तिहरुले सक्कली जस्तै देखिने नक्कली मुद्रा सजिलै साट्न/प्रयोग गर्न सकिने भनी विश्वासमा पारी सक्कली मुद्रा भन्दा दुई गुणा बढी मुद्रामा सटही गरिदिने भनि पीडितलाई झुक्यानमा पारी ठगी गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई कीर्तिपुर नगरपालिका-६ पाण्डेछापबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
More from NewaTimes
बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...
विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर
विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...
अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार
अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...
घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर
घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर...
नेपाल–चीन र नेपाल–जापानबीच सूचना प्रविधि सहकार्य विस्तारमा जोड
नेपाल–चीन र नेपाल–जापानबीच सूचना प्रविधि सहकार्य विस्तारमा जोड...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment