दक्षिण–पूर्वी एसियामा क्षयरोगको भार उच्च, अन्त्य गर्न संयुक्त प्रयासको आह्वान


अ+
अ-

काठमाडौं, चैत १० । विश्व क्षयरोग दिवसका अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दक्षिण–पूर्वी एसिया क्षेत्रमा क्षयरोग (टीबी) को भार अझै पनि अत्यधिक रहेको भन्दै यसको अन्त्यका लागि सशक्त राजनीतिक प्रतिबद्धता, विज्ञान र समुदायको सहकार्य आवश्यक रहेको जनाएको छ।
डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयकी कार्यवाहक प्रमुख डा. क्याथरिन बाेहेमले जारी गरेको सन्देशअनुसार विश्वभर देखिने क्षयरोगका बिरामीमध्ये करिब ३४ प्रतिशत र मृत्युमध्ये झण्डै ४० प्रतिशत यही क्षेत्रमा पर्ने गरेका छन्। सन् २०२४ मा मात्रै करिब ३.६८ मिलियन मानिसमा टीबी देखिएको र करिब ४ लाख ३३ हजारको ज्यान गएको उल्लेख गरिएको छ। यसमध्ये १३ हजार मृत्यु एचआईभी संक्रमितमा भएको जनाइएको छ।
यस वर्षको विश्व क्षयरोग दिवसको नारा “ हाे, हामी क्षयराेग अन्त्य गर्न सक्छाैं” रहेको छ, जसले उचित नीति, नवीन प्रविधि र समुदायको सक्रियताबाट टीबी अन्त्य सम्भव रहेको सन्देश दिने डब्लुएचओले जनाएको छ।
प्रतिवेदनअनुसार सन् २०१५ यता दक्षिण–पूर्वी एसियामा टीबीका कारण हुने मृत्युमा २३ प्रतिशतले कमी आएको छ भने संक्रमण दर १६ प्रतिशतले घटेको छ, जुन विश्व औसत १२ प्रतिशतभन्दा बढी हो। उपचार पहुँच विस्तार हुँदै २०२४ मा ८५ प्रतिशतभन्दा बढी बिरामी उपचारमा आएका छन् भने ३.१ मिलियनभन्दा बढीलाई उपचार सुरु गरिएको छ।
यद्यपि, याे क्षेत्र अझै ‘ क्षयरोगकाे अन्त्य’ लक्ष्य हासिल गर्ने बाटोमा पछाडि रहेको डब्लुएचओले जनाएको छ। विशेषगरी औषधि प्रतिरोधी टीबी ( एमडिआर/ आरआर- टिवि) ठूलो चुनौतीका रूपमा रहेको छ, जसका करिब १ लाख ५० हजार नयाँ बिरामी प्रत्येक वर्ष देखिने अनुमान छ। साथै, कुपोषण, मधुमेह जस्ता सामाजिक–आर्थिक कारणले रोग फैलावट बढाइरहेको र टीबी प्रभावित ४४ प्रतिशत परिवारले उपचारका क्रममा ठूलो आर्थिक भार व्यहोर्नु परेको उल्लेख छ।
डब्लुएचओले टीबी नियन्त्रणका लागि तीव्र परीक्षण, छोटो उपचार विधि, प्राथमिक स्वास्थ्य सेवामा एकीकृत सेवा, र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिएको छ।
विश्व क्षयरोग दिवसका अवसरमा डब्लुएचओले सदस्य राष्ट्रहरूलाई बलियो नेतृत्व, दीर्घकालीन लगानी र समुदायको सक्रिय सहभागितामार्फत टीबी अन्त्य अभियानलाई तीव्रता दिन आह्वान गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्