११ असार २०८३, बिहिबार

कसरी जाेगिने निपाह भाइरसबाट ?


अ+
अ-

काठमाडौं, माघ २०। निपाह भाइरस नेपालमा संक्रमण नभए पनि यसबाट बच्न सचेत हुनु पर्ने भएकाे सन् १९९९ मा मलेसियामा पुष्टि भएकाे यस निपाह भाइरसले छिमेकी देश भारतमै १७ जनाकाे ज्यान लिइसकेकाे हुँदा यसलाई कम आँक्न मिल्दैन

डिपीनेट नेपाल नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा निपाह भाइरस (NiV) सम्बन्धी सचेतना छलफल कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशेषज्ञ डा. हेमन्त चन्द्र ओझाले चमेराे, सुँगुर तथा मानिसबाट मानिसमै सर्ने याे राेगलाई कुनै पनि उपचार विधि नभएको अवस्थामा हेलचेक्र्याईं गर्न नमिल्ने बताए

कार्यक्रममा हालै भारतको पश्चिम बंगालमा देखिएका निपाह भाइरसका घटनालाई उल्लेख गर्दै यस क्षेत्रका लागि बढ्दो जोखिमबारे छलफल गरिएको थियो। सहभागीहरूलाई निपाह भाइरसको संक्रमण मार्ग, सम्भावित जोखिम, तयारी तथा प्रतिकार्य उपायबारे जानकारी दिइएको थियो। डा. ओझाका अनुसार निपाह भाइरस पहिलो पटक सन् १९९९ मा मलेसियामा पुष्टि भएको थियो, जहाँ फलफूल खाने चमेराबाट सुँगुर हुँदै मानिसमा संक्रमण फैलिएको थियो। त्यसपछि मलेसियाबाट सिंगापुर हुँदै निपाह सन् २०१८ मा भारतको केरलामा फैलिएको निपाह संक्रमणबाट १७ जनाको ज्यान गएको थियो। गत डिसेम्बर ३० मा मात्र पश्चिम बंगालकी एक नर्स महिलाकाे मृत्युु भएकाे थियाे भने केही दिनपछि उनी संगै काम गर्ने एक पुरूषकाे पनि मृत्यु भएकाे थियाे

डा. हेमन्त चन्द्र ओझा

डा. ओझाले फलफूल खाने चमेराको पिसाब र्यालमार्फत निपाह भाइरस सर्ने जानकारी दिँदै हाल देखा परिरहेका करिब ७५ प्रतिशत नयाँ संक्रामक रोग जनावरबाट मानिसमा सर्ने गरेको तथ्य प्रस्तुत गरेका थिए डा. ओझाका अनुसार निपाह संक्रमण भएपछि स्वास्थ्य अवस्था तीव्र रूपमा बिग्रने मृत्युदर ४० देखि ७५ प्रतिशत रहने गरेको छ। ज्वरो, टाउको दुखाइ, मस्तिष्क सुन्निने (एन्सेफलाइटिस), सास फेर्न गाह्रो हुने तथा स्नायुसम्बन्धी समस्या देखिनु यसको प्रमुख लक्षण हुन्, जसले २४ देखि ४८ घण्टाभित्र कोमासम्म पुर्याउन सक्छ।

कार्यक्रममा निपाह भाइरसको अवधि देखि २० दिनसम्म हुने हालसम्म यसको कुनै विशेष उपचार उपलब्ध नभएकाले उपचार सहयोगात्मक मात्र हुने जानकारी दिइयो। संक्रमण रोकथामका लागि चमेरा तथा सुँगुरबाट टाढा हुने, काँचो वा अप्रशोधित फलफूलको रस सेवन नगर्ने जस्ता उपायहरूमा जोड दिइयो।

छलफलमा जनसंख्या घनत्व, सीमापार आवतजावत, स्वास्थ्य प्रणालीको क्षमता सामाजिक-सांस्कृतिक व्यवहार जस्ता जोखिम तत्वहरूबारे पनि चर्चा गरिएको थियो। संक्रमण नियन्त्रणका लागि मानवशास्त्रीहरूको संलग्नता आवश्यक हुने निष्कर्ष निकालिएको थियो। साथै, खजुरको रुखबाट रस (टाडी) संकलन गर्दा (बाँसको चाेयाकाे भाङ्ग्राे वा अन्य छाेप्ने कुरा) आवरण प्रयोग गर्ने, समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने तथा विश्व स्वास्थ्य संगठन स्वास्थ्य निकायमार्फत निगरानी प्रणाली सुदृढ गर्ने रणनीतिहरू प्रस्तुत गरिएकाे थियो।

कार्यक्रमको अन्त्यमा निपाह भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी, निकायगत समन्वय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको निष्कर्ष निकालिएको थियो।

यसैबीच हिजाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरस (Nipah Virus) संक्रमणको सम्भावित जोखिमप्रति सतर्क रहन सबै नागरिकलाई आग्रह गरेको छ। छिमेकी मुलुक भारतसहित केही देशमा निपाह भाइरसका घटना देखिन थालेपछि मन्त्रालयले सावधानीका उपाय अवलम्बन गर्न अनुरोध गरेको हो।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा निपाह भाइरस जनावरबाट मानिसमा सर्ने सङ्क्रामक रोग भएको उल्लेख गर्दै संक्रमित फलफूल खाने चमेरा (ब्याट), सुँगुर वा संक्रमित व्यक्तिसँगको प्रत्यक्ष सम्पर्कबाट संक्रमण फैलिन सक्ने जनाएको छ।

विज्ञप्तिमा काँचो वा आधा पकाएको फलफूल तथा खानामा चमेराले टोकेको वा झरेको अंश नखान, सुँगुर पालन गर्नेले विशेष सावधानी अपनाउन, हात साबुन पानीले नियमित धुने, ज्वरो वा श्वासप्रश्वाससम्बन्धी समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संस्थालाई निपाह भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी निगरानी प्रणाली सुदृढ गर्न, शंकास्पद बिरामीको पहिचान तथा उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। साथै, आवश्यक परे तत्काल परीक्षण, आइसोलेसन सम्पर्क खोजीको व्यवस्था मिलाउन पनि भनिएको छ।

मन्त्रालयले हाल नेपालमा निपाह भाइरसको संक्रमण पुष्टि नभए पनि जोखिमलाई बेवास्ता नगरी पूर्वतयारी जनचेतनालाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट पारेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ

गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ

गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ...

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक: पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक: पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक: पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध...

सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने

सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने

सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने...

युगाण्डा र भियतनामका गरी  सात जना पक्राउ

युगाण्डा र भियतनामका गरी सात जना पक्राउ

युगाण्डा र भियतनामका गरी सात जना पक्राउ...

इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता

इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता

इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता...

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्