
काठमाडौं, भदौ २५ । नेपाली सेनाले राष्ट्रिय वाणिज्य बैंक लुट्न खोज्ने पाँच जनालाई पक्राउ गरेको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालयले बानेश्वरको बैंक लुट्ने पाँच जनालाई सेनाले पक्राउ गरेको जानकारी दिएको छ।
हिजाे राति १० बजेदेखि देशभरी सेना खटिसकेको छ। यसबीच आपराधिक गतिविधि बढ्न सक्ने भन्दै नेपाली सेनाको जंगी अड्डाले दुइटा हटलाइन नम्बर जारी गरेको छ।
सेनाले ०१–५९७९२२३ र ०१–५९७९२२४ मा सम्पर्क गर्न सकिने जनाएको छ।
नेपाली सेनाले देशका विभिन्न स्थानमा अराजक गतिविधि रोक्न चेतावनी दिएको छ।
सेनाले शान्ति सुरक्षा र जनताको सुरक्षाका लागि खटिने बताएको छ।
शान्ति, सुरक्षा कायम गर्न सेनाको टोली ठाउँठाउँमा परिचालन भएको हो।
सेनाले राति १० बजेदेखि शान्ति, सुरक्षा कायम गर्न र नेपाली जनताको रक्षाका लागि खटिने जानकारी हिजाे विज्ञप्तिमार्फत दिएको थियो।
‘यस्ता गतिविधि नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न राति १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ।

अन्य लेखहरू: नेवाः टाइम्स
प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ
प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...
अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो
अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो...
काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान
काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...
मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना
मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment