५ असार २०८३, शुक्रबार

शिक्षक र प्राध्यापकको राजनीतिक संलग्नताप्रति शिक्षा मन्त्रीकाे चेतावनी


अ+
अ-

काठमाडौं, कार्तिक २४ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री महावीर पुनले सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई शिक्षण संस्थाभित्र राजनीतिक गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन्। मन्त्रालयका मन्त्री महावीर पुनको हस्ताक्षरयुक्त पत्रमा यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै पेशागत आचरण र शिष्टाचारको पालना गर्न निर्देशन दिइएको छ।

मन्त्रीका अनुसार पछिल्ला दिनमा नेपाल शिक्षक महासंघ, त्यसमा आबद्ध विभिन्न शिक्षक संघ–संगठन र विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीका पेशागत संस्थाहरू राजनीतिक गतिविधिमा संलग्न भएको जनगुनासो बढेको छ। यस्ता क्रियाकलापले पेशागत कर्तव्य, सेवाको शिष्टाचार र व्यावसायिक आचरणविपरीत कार्य भएको भन्दै मन्त्रालयले आपत्ति जनाएको हो।

पत्रमा भनिएको छ, “शिक्षण संस्था भित्र राजनीतिक गतिविधिमा संलग्नता कायम पार्न नपाइने विषयमा समित र मन्त्रालयको नीति स्पष्ट रहेको छ।” मन्त्रालयले यसअघि पनि सम्बन्धित निकायहरूलाई ऐन विपरीतका गतिविधि रोक्न निर्देशन दिइसकेको उल्लेख छ।

मन्त्री पुनको पत्रमा थप भनिएको छ कि शिक्षक, प्राध्यापक र कर्मचारीका पेशागत संगठनहरूले कानुनले तोकेको सीमा नाघेर राजनीतिक गतिविधि गर्ने अभ्यास रोक्नुपर्छ। मन्त्रालयले स्पष्ट पारेको छ— सरकारी सेवामा कार्यरत शिक्षक र कर्मचारीले पेशागत एकाइका नाममा राजनीतिक दलको प्रचार–प्रसार, अधिवेशन वा प्रस्तावमा सहभागी हुने कार्य कानुनविपरीत हुनेछ।

मन्त्रालयले राजनीतिक दलका नियमावलीअनुसार गठन भएका शिक्षक र प्राध्यापकका संगठनहरूलाई कुनै पनि किसिमको आधिकारिक मान्यता नदिइएको जानकारीसमेत दिएको छ। साथै, शिक्षक–कर्मचारीको पेशागत एकता र अधिकारको विषयमा मन्त्रालय सजग रहेको बताउँदै, त्यस्ता हकअधिकारको प्रयोग गर्दा संयम र शालीनता अपनाउन आग्रह गरेको छ।

पत्रमा भनिएको छ, “आफ्नो पेशागत आचरण, नैतिक जिम्मेवारी, शिक्षा क्षेत्रको व्यावसायिकता र विद्यालय तथा विश्वविद्यालय प्रणाली सुदृढीकरणमा विपरित असर पर्ने गरी पेशागत संगठनका नाममा राजनीतिक संलग्नता कायम गर्न नहुने विषय मन्त्रालयले पुनः सबैलाई जानकारी गराएको छ।”

मन्त्रालयले शिक्षा प्रणालीको गुणस्तर सुधार, व्यावसायिकता र नैतिक जिम्मेवारीलाई प्राथमिकता दिन सबै शिक्षक, प्राध्यापक र कर्मचारीलाई पेशागत मर्यादाभित्र रही काम गर्न आह्वान गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु...

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो...

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन...

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने...

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?...

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्