३ असार २०८३, बुधबार

पहिरोले मुग्लिन–नारायणगढ सडक अवरुद्ध, यात्रु बिचल्लीमा


अ+
अ-

चितवन, असोज ५ । मुग्लिन–नारायणगढ सडकखण्डमा गएको पहिरोका कारण यातायात अवरुद्ध भएपछि यात्रुहरू बिचल्लीमा परेका छन् । असोज ३ गते बिहानदेखि रोकिएको सडक अझै खुल्न नसक्दा सयौं सवारी साधन दुवै तर्फ थुनिएका छन् ।

सडक खुलाउन डोजर परिचालन गरिएको भए पनि निरन्तर खस्ने ढुंगा–माटोका कारण काममा ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।ढुंगामाटाे निरन्तर खस्दा अँध्यारो भएपछि काम राेकिनु पर्ने अवस्थाले पनि काममा ढिला भएकाे छ ।

सडक बन्द हुँदा काठमाडौं, पोखरा, पूर्व–पश्चिम जोड्ने प्रमुख यातायात नरोकिने गरी वैकल्पिक बाटो प्रयोग गर्ने प्रयास भए पनि लामो दूरीका कारण यात्रुहरू मारमा परेका छन् । खाना, पानी र आवश्यक सामग्रीको अभावले यात्रुहरू थप समस्यामा परेको गुनासो गरेका छन् ।

जिल्ला सुरक्षा समिति, चितवन तथा स्थानीय व्यवसायीको सहयोगमा पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्डमा रोकिएका यात्रुहरुलाई खाजा र पानी वितरण तथा सहजिकरण गरेकाे नेपाल प्रहरीले जनाएको छ ।

यता, सडक विभागले सुरक्षालाई मध्यनजर गर्दै सडक तत्काल खुलाउन कठिनाइ भइरहेको बताएको छ । “माटो र ढुंगाको ठूलो थुप्रो हटाउन समय लाग्छ, सम्भव भए आज साँझसम्म एकतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको छ,” सडक डिभिजन कार्यालयका एक इन्जिनियरले बताए ।

यात्रुहरूले भने सम्बन्धित निकायलाई शीघ्र कदम चाल्न आग्रह गरेका छन् । नियमित रूपमा यस्तो समस्या दोहोरिन थालेको भन्दै स्थानीयले दीगो समाधानका लागि स्थायी व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली...

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो...

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्