काठमाडौं , भदाै १५ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको तथा अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको कारण आज देशभर साधारणतया बदली रहने जल तथा माैसम विभागले जनाएकाे छ ।
विभागका अनुसार आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तै, आज राती देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।
मेगु पोस्त: नेवाः टाइम्स
'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु
'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु...
प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो
प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो...
आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन
आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन...
विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने
विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने...
लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता
लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment