१ असार २०८३, सोमबार

काठमाडौंमा जेन जीको आन्दोलन : संसद् र सिंहदरबारमा आगजनी, प्रधानमन्त्रीको राजीनामा


अ+
अ-

काठमाडौं, भदाै २४ । सामाजिक सञ्जालमाथि प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरुद्ध सुरु भएको जेन जी पुस्ताको आन्दोलन सोमबार राजधानी काठमाडौंसहित देशभर फैलिँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। प्रदर्शन निस्तेज पार्न हिजाेदेखि लागू गरिएकाे कर्फ्युलाई स्थानीय जिल्ला प्रशासनले निरन्तरता दिएपनि कर्फ्यु ताेड्दै आन्दोलनमा सहभागी युवाहरूले संसद् भवन, सिंहदरबार, मन्त्रालयहरू, सर्वाेच्च अदालत र शीर्ष नेताहरूका घरमाथि तोडफोड तथा आगजनी गरेका छन्।

युवाहरूको आक्रोश केवल सरकारी निकायमाथि मात्र सीमित रहेन। आन्दोलनकारीहरूले शीर्ष नेताहरूका आवासलाई समेत लक्षित गरे।

शीर्ष नेताहरूकाे घरमा आगजनी तथा ताेडफाेड गर्ने क्रममा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीकाे बालकाेटस्थित घर, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे बुढानिलकण्ठकाे घर, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड बसेकाे खुमलटारकाे घर, पूर्व प्रधानमन्त्री झलनाथ खनालकाे डल्लूस्थित घर, पूर्व राष्ट्रपति विद्या भण्डारी, गृहमन्त्री रमेश लेखककाे घर, पूर्व मन्त्री गोकुल बास्काेटा, पूर्व मन्त्री एकनाथ ढकाल, नेपाली कांग्रेसका नेता राजन केसीकाे चाेभारस्थित घरमा आगजनी भएकाे छ । उपप्रधानमन्त्री विश्वप्रकाश शर्माको निवासमा समेत ढुंगामुढा र आंशिक आगजनी भएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा तथा एमाले नेता महेश बस्नेतकाे घरमा ताेडफाेड भएकाे छ ।

राजनीतिक संकट चुलिँदै जाँदा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् भने गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीहरूले पनि यसअघि नै राजिनामा दिइसकेका थिए। यस्तै, मन्त्री निवास भैसेपाटीबाट हेलिकप्टरबाट मन्त्रीहरू भागेका थिए । थुप्रै सांसदहरूले पनि राजिनामा दिएका छन् ।

बिहानैदेखि हजारौँ प्रदर्शनकारी नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि जम्मा भएका थिए। जम्मा भएका प्रदर्शनकारीहरूले संसद भवन जलाएका थिए भने भित्र गएर ताेडफाेड तथा आगजनी गरेका थिए ।

प्रदर्शनकारीहरूको एक समूह सिंहदरबारतर्फ अघि बढ्दा प्रशासनिक केन्द्रका रूपमा परिचित ऐतिहासिक भवनमा तोडफोड र आगजनी भयो। २०७२ सालकाे भूकम्पले भत्किएकाे सिंहदरबार केही समय अगाडिमात्र पुनर्निर्माणपछि संचालनमा आएकाे थियाे । आगजनीकाे लप्कामा सर्वोच्च अदालत, हिल्टन हाेटल पनि परेकाे छ ।

हिजोको भीषण झडपमा प्रहरीले चलाएको गोली लागेर कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि भएको छ। सयौँ घाइते भएका मध्ये कैयौँको अवस्था गम्भीर रहेको छ। मानवअधिकार आयोग र विभिन्न अधिकारकर्मीहरूले नागरिकमाथि अत्यधिक बल प्रयोग भएको भन्दै स्वतन्त्र छानबिनको माग गरेका छन्।

घटनापछि राजनीतिक वृत्तमा ठूलो हलचल मच्चिएको छ। सोमबार बेलुकी नै गृहमन्त्री रमेश लेखकले प्रहरी कारबाहीको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए। त्यसपछि मंगलबार बिहान प्रधानमन्त्री ओलीले राजीनामा घोषणा गरे। सम्बोधनमा ओलीले रक्तपात रोक्न र शान्तिपूर्ण समाधान खोज्न आफू पदमुक्त हुने बताएका थिए।

आन्दोलनका अगुवाहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल खारेज गर्न, उच्च तहमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न र मृतक तथा घाइतेलाई उचित क्षतिपूर्ति दिन माग गर्दै आएका छन्। सरकारको निर्णयअनुसार अब प्रतिबन्ध हटाइने, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइने र घाइतेको उपचार निःशुल्क गरिने घोषणा गरिएको छ।

काठमाडौंमा भएको हिंसात्मक घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले गहिरो चासो देखाएको छ। संयुक्त राष्ट्रसंघले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ भने अमेरिकी दूतावासले शान्तिपूर्ण प्रदर्शनको अधिकार सुनिश्चित हुनुपर्ने बताएको छ। भारतले नेपालमा स्थिरता र लोकतान्त्रिक प्रक्रियाप्रति समर्थन दोहोर्‍याएको छ।

प्रधानमन्त्रीको राजीनामापछि अब नेपालको राजनीति अस्थिर मोडमा पुगेको छ। संसद्मा दलहरूको संख्या र समीकरण जटिल भएका कारण नयाँ सरकार गठन वा मध्यावधि निर्वाचन भन्ने विषयमा दलहरूबीच छलफल सुरु भएको छ। विश्लेषकहरूले यो आन्दोलनलाई नयाँ पुस्ताले पुरानो राजनीतिक शैली र भ्रष्टाचारप्रति देखाएको असन्तोषका रूपमा व्याख्या गरेका छन्। तर, हिंसात्मक रुप लिएको घटनाले देशको राजनीतिक संक्रमण अझै लम्बिन सक्ने चेतावनी पनि दिइएको छ।

जेन जेड आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा गहिरो प्रभाव पारेको छ। सामाजिक सञ्जाल प्रतिबन्धले सुरु भएको विरोध अन्ततः युवापुस्ताको असन्तोष र राजनीतिक नेतृत्वप्रतिको अविश्वासको अभिव्यक्ति बनेको छ। प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामासँगै तत्कालीन संकट केही समयका लागि कम भए पनि दीर्घकालीन समाधानका लागि संरचनागत सुधार र पारदर्शिता अनिवार्य हुने देखिन्छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो...

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्