३ असार २०८३, बुधबार

काठमाडौं महानगरपालिकाले देशका दुर्गम क्षेत्रमा एम्बुलेन्स वितरण गर्ने


अ+
अ-

काठमाडौं, असोज ५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रोकिएको एम्बुलेन्स वितरण कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेका छन्।

उनका अनुसार, करिब एक वर्षदेखि विभिन्न कारणले स्थगित रहेको एम्बुलेन्स वितरण कार्य आगामी मङ्गलबार (२०८२ असोज ७) बाट प्रारम्भ हुँदैछ। पहिलो चरणमा देशभरका दुर्गम क्षेत्र तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिनेछ।

मेयर शाहले फेसबुकमार्फत जानकारी दिँदै भनेका छन्, “एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई स्वास्थ्य सुविधा अभावमा पछाडि परेका स्थानलाई प्राथमिकता दिइएको छ। स्वास्थ्य सेवा सबै नेपालीको आधारभूत अधिकार हो भन्ने विश्वासमा यो कार्य अघि बढाइएको हो।”

उनले दुर्गम भूभागमा जीवन बचाउन आवश्यक स्वास्थ्य पहुँच पुर्‍याउनु नै स्थानीय सरकारको कर्तव्य भएको उल्लेख गर्दै, “यो केवल सुरुवात मात्र हो, भविष्यमा कसैले स्वास्थ्य सेवाको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो,” भनेका छन्।

शाहका अनुसार पालिका छनोट मापदण्डमा स्वास्थ्य पूर्वाधारको अभावलाई मुख्य आधार मानिएको छ। यसबाट ग्रामीण भेगका नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवामा सहज पहुँच हुने अपेक्षा गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली...

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो...

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्