काठमाडौं, असोज २२ । नजिकिँदो चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाडा अत्यधिक बढाइएको भन्ने गुनासो सामाजिक सञ्जालमा आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीसँग छलफल गरेको छ।
क्यानले आज सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई बोलाएर हवाई भाडाका विषयमा छलफल गरेको हो।
छलफलमा क्यान र वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिबीच स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री तथा वितरण गर्ने सहमति भएको छ। साथै, उपलब्ध गराइने भाडादरबारे सम्बन्धित वायुसेवाको बिक्री तथा वितरण प्लेटफर्ममा सूचना प्रकाशन गर्ने सहमति पनि भएको छ।
क्यानका अनुसार आन्तरिक हवाई सेवाका लागि २०७३ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट न्यूनतमदेखि उच्चतम भाडादर निर्धारण गरिएको थियो।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने र सोही समयमा हवाई टिकटको मूल्य बढाइएको गुनासो आउने गरेको अवस्थामा यात्रुलाई सहज र सुलभ हवाई सेवा उपलब्ध गराउने उद्देश्यले वायुसेवा कम्पनीसँग छलफल गरिएको हो।
अन्य लेखहरू: नेवाः टाइम्स
गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द
गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द...
विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारी
विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारी...
अपाङ्गतामैत्री मतदान प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी
अपाङ्गता भएका मतदाताका लागि पहुँचयुक्त प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी...
बाढीपछिको पुनर्स्थापना र मानव बेचबिखन नियन्त्रणमा नेपाल–अमेरिका सहकार्य बढाउने प्रतिबद्धता
बाढीपछिको पुनर्स्थापना र मानव बेचबिखन नियन्त्रणमा नेपाल–अमेरिका सहकार्य बढाउने प्रतिबद्धता...
अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस, तीन उच्च अधिकारी बढुवा
अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस, तीन उच्च अधिकारी बढुवा...
हरित हाइड्रोजनलाई रासायनिक मल उत्पादनसँग जोड्न मन्त्री चौधरीको जोड
हरित हाइड्रोजनलाई रासायनिक मल उत्पादनसँग जोड्न मन्त्री चौधरीको जोड...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment