१० कार्तिक २०८३, मंगलबार

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै


अ
अ+
अ-

काठमाडौं, भदाै १५ । रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम बाढी अवलोकन प्रणाली जडान गरिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा टिमुरेमा सीसी क्यामेरा जडान कार्य सम्पन्न भएको हो।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका अनुसार २०८३ भदौ १५ गते टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको हो।
हाल उक्त प्रणाली सञ्चालनमा ल्याउन भीस्याट (VSAT) जडान तथा सञ्चार प्रणाली व्यवस्थापनको काम भइरहेको र सम्भवतः आज रातिदेखि नै प्रणाली सञ्चालनमा आउने मन्त्री श्रेष्ठले बताएका छन्।
जडान गरिएको सीसी क्यामेरामार्फत टिमुरे–रसुवागढी क्षेत्रमा नदी तथा बाढीको अवस्था रियल–टाइममा दृश्यरूपमा अवलोकन तथा निगरानी गर्न सकिनेछ।
क्यामेराबाट प्राप्त सूचना तथा दृश्यलाई २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवाको नियमित प्रणालीमा एकीकृत गरी चौबीसै घण्टा निगरानी गरिने जनाइएको छ।
विशेषगरी नेपाल–चीन सीमावर्ती क्षेत्रमा नदीको अवस्था, बाढीको सम्भावित जोखिम तथा बाढीजन्य घटनाको प्रारम्भिक पहिचान गर्न यस प्रणालीले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।
यसबाट नदीको बहाव तथा बाढीको अवस्थाबारे समयमै जानकारी प्राप्त हुने र सम्भावित जोखिमबारे पूर्वसूचना प्रवाह तथा जोखिम न्यूनीकरणका कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सीमावर्ती तथा नदी आसपासका क्षेत्रमा वास्तविक समयमै नदीको अवस्था निगरानी गर्ने प्रणालीको आवश्यकता थप उजागर भएको थियो। नयाँ निगरानी प्रणाली सञ्चालनमा आएपछि टिमुरे–रसुवागढी क्षेत्रको बाढी जोखिमबारे नियमित सूचना संकलन तथा निगरानीमा थप सहजता हुने अपेक्षा गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्