१३ भदौ २०८३, आइतबार

भोटेकोशी बाढी : ७ सय ३४ शव फेला, २ हजार ४ सय ९८ जना सम्पर्कविहीन


अ+
अ-

काठमाडौं , भदौ १४ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी हालसम्म ७ सय ३४ शव फेला परिसकेका छन् भने २ सय ४२ जना घाइते भएका छन् । यस्तै, २ हजार ४ सय ९८ जना सम्पर्कविहीन रहेको जनाएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवामा ५ सय ६२, चितवनमा २ सय ५९ र नवलपरासी पूर्वमा १ सय ८४ जनाको शव फेला परेको छ । त्यस्तै, ५ सय ८९ विदेशी नागरिक अझै सम्पर्कविहीन छन् । विदेशी पर्यटकसँगै घुम्न गएका १ सय २७ नेपाली पनि बेपत्ता छन् ।

उद्धारमा १९ हजार ८ सय ९५ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले गरी ८ हजार १ सय ८६ जनाको उद्धार गरिसकेका छन् । जलविद्युत आयोजनाको सुरुङबाट २ सय ७९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । यस्तै, २ सय २७ विदेशी नागरिकलाई हेली उद्धार गरिएको छ ।

सरकारले १५ पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ नगद राहत वितरण गरेको छ । रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ । खाद्य तथा गैरखाद्य सामग्रीका ३७ ट्रक र हेलिकप्टरबाट थप राहत सामग्री पठाइएको छ ।

पहिचान नखुलेका शवहरू २१ अस्पतालमा राखिएका छन् । सम्पूर्ण विवरण प्राधिकरणको फेसबुक पेज र नेपाल प्रहरीको युडीबी पोर्टलमा उपलब्ध गराइएको छ । इन्धन व्यवस्थापनका लागि डिजेल, पेट्रोल र हवाई इन्धनको मौज्दात रहेको प्राधिकरणले जनाएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters

अन्य लेखहरू: admin

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी–त्रिशूली बाढीपीडित बालबालिकालाई अनुमति विना संरक्षणमा राख्न नपाइने

भोटेकोशी–त्रिशूली बाढीपीडित बालबालिकालाई अनुमति विना संरक्षणमा राख्न नपाइने

भोटेकोशी–त्रिशूली बाढीपीडित बालबालिकालाई अनुमति विना संरक्षणमा राख्न नपाइने...

भोटेकोशीमा बाढीको बहाव बढेको आवाज सुनिएको सूचना, रसुवा–नुवाकोट–धादिङमा सतर्कता

भोटेकोशीमा बाढीको बहाव बढेको आवाज सुनिएको सूचना, रसुवा–नुवाकोट–धादिङमा सतर्कता

भोटेकोशीमा बाढीको बहाव बढेको आवाज सुनिएको सूचना, रसुवा–नुवाकोट–धादिङमा सतर्कता...

रसुवाको बाढीमा मृत्यु हुनेको संख्या ६७५ पुग्यो, १ हजार ४८५ जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा मृत्यु हुनेको संख्या ६७५ पुग्यो, १ हजार ४८५ जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा मृत्यु हुनेको संख्या ६७५ पुग्यो, १ हजार ४८५ जना अझै सम्पर्कविहीन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्