२४ भदौ २०८३, बिहिबार

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति


अ+
अ-

सप्तरी, असार ३२ । अविरल वर्षाका कारण सप्तरी जिल्लाका विभिन्न स्थानीय तहमा करिब ७ सय ५४.८३ हेक्टर (झण्डै १,११४ बिगाहा) क्षेत्रफलमा लगाइएको तथा रोपाइँका लागि तयारी अवस्थामा रहेको धानखेतीमा क्षति पुगेको इन्सेकले जनाएको छ।
यही असार २७ गते रातिदेखि भएको वर्षासँगै खोलानाला तथा नहरमा पानीको बहाव बढ्दा र तटबन्ध कटान हुँदा धानबालीमा क्षति पुगेको कारण खेत डुबानमा परेकोले किसानहरु चिन्तित बनेका छन् ।
सप्तकोशी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकालका अनुसार वडा नं. २, ४, ८ र १० हुँदै बग्ने टेंगरा खोलामा पानीको सतह बढ्दा वडा नं. २ र ४ मा करिब ५० बिगाहा (झण्डै ३३.८६ हेक्टर) क्षेत्रफलमा धानको बीउ गोडमेल गरिएको तथा रोपाइँका लागि तयारी अवस्थामा रहेको खेतमा क्षति पुगेको छ।यस्तै कञ्चनरूप नगरपालिका–९ का वडा अध्यक्ष रामसुन्दर यादवका अनुसार रोघनाथपुर क्षेत्रमा सुनेरी खोलाको बाढीले करिब ३० बिगाहा (झण्डै २०.३२ हेक्टर) क्षेत्रफलमा धानको बीउबालीमा क्षति पुर्‍याएको छ।
बोदेबरसाइन नगरपालिकाका प्रमुख आतेश सिंह यादवका अनुसार वडा नं. १, ३, ४, ५ र ७ मा पानीको निकास हुन नसक्दा करिब ३५ बिगाहा (झण्डै २३.७० हेक्टर) धानखेतीमा क्षति पुगेको छ।
त्यस्तै, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार वडा नं. २, ३, ४, ५ र ६ मा पानी निकासको समस्या हुँदा करिब ८०० बिगाहा (झण्डै ५४१.८१ हेक्टर) क्षेत्रफलमा लगाइएको धानबाली डुबानमा परेको छ।
हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझिका अनुसार वडा नं. ८ मा करिब १०० बिगाहा (झण्डै ६७.७३ हेक्टर) रोपाइँका लागि तयारी अवस्थामा रहेको खेत डुबानमा परेको हो । साथै वडा नं. ११ मा वर्षाका कारण सडक भत्किएपछि तत्काल मर्मतसम्भार गरिएको छ।
राजविराज नगरपालिका–११ मा कोशी पम्प नहरको तटबन्ध कटान भएपछि करिब १०० बिगाहा (झण्डै ६७.७३ हेक्टर) क्षेत्रफलमा लगाइएको तथा रोपाइँका लागि तयारी अवस्थामा रहेको धानखेती प्रभावित भएको स्थानीय किसान ४७ वर्षीय सचिदानन्द यादवले बताए ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्