काठमाडौं, असार ३० । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाहलाई अझ प्रभावकारी, छरितो र लक्षित बनाउने उद्देश्यले समझदारीपत्र (एमओयू) नवीकरण गरिएको छ।
मंगलबार सम्पन्न समझदारीअनुसार बाढी, आकस्मिक बाढी, भारी वर्षा, हिमताल विष्फोट (जिएलओएफ), हावाहुरी, शीतलहर तथा तातो हावाको लहरलगायत विभिन्न जल तथा मौसमजन्य विपद्को अनुगमन गरी प्रभावित क्षेत्रका नेपाल टेलिकमका मोबाइल प्रयोगकर्तासम्म स्थानविशेष ( लाेकेशन वेस्ड, पाेलिगन वेस्ड ) एसएमएसमार्फत समयमै पूर्वसूचना पठाउने कार्यलाई निरन्तरता दिइनेछ।
विभागका अनुसार विपद् आउनुअघि सही सूचना सही समयमा सही व्यक्तिसम्म पुर्याउनु नै जनधनको क्षति न्यूनीकरण गर्ने सबैभन्दा प्रभावकारी उपाय हो। यस समझदारीले संयुक्त राष्ट्रसंघको "अर्लि वार्निङ फर अल " अभियानलाई नेपालमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।
विभागले समयमै प्राप्त पूर्वसूचनाले सुरक्षित जीवन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै नागरिकलाई विपद् सम्बन्धी पूर्वसूचनाप्रति सचेत रहन आग्रह गरेको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...
‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह
‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...
जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने
जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment