११ कार्तिक २०८३, बुधबार

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट १० बिचौलिया पक्राउ


अ
अ+
अ-

धरान, असार २४ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि मिलाइदिने भन्दै प्रलोभनमा पारेर अवैध बिचौलियाको काम गर्दै आएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रतिष्ठान परिसरमा बिचौलियाको गतिविधि भइरहेको सूचनाका आधारमा असार २४ गते धरान उपमहानगरपालिका–१८ स्थित प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि विशेष निगरानी गरिएको थियो। इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त टोलीले बिचौलियाको गतिविधिमा संलग्न रहेको आरोपमा १० जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सुनसरी, मोरङ, उदयपुर, सप्तरी र भोजपुरका विभिन्न स्थानीय तहका २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरू रहेका प्रहरीले जनाएको छ। उनीहरूमा रञ्जितकुमार चौधरी, रबिना मण्डल, हस्त श्रेष्ठ, सागर पोखरेल, सान्बिन किराती, मनिष बुढाथोकी, उमेशकुमार चौधरी, धिराेज निरौला, रोहित मेहता र विनोद महतो रहेका छन्।
प्रहरीका अनुसार बिरामी तथा आफन्तलाई निजी मेडिकलबाट औषधि खरिद गराइदिने भन्दै प्रभावमा पार्ने र त्यसबाट अनुचित लाभ लिने उद्देश्यले बिचौलियाको काम भइरहेको सूचनापछि कारबाही गरिएको हो।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्