१३ असोज २०८३, मंगलबार

मध्यपूर्वी हवाई क्षेत्र प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुन सक्ने


अ
अ+
अ-

काठमाडौं, फागुन १६ । इजरायल- अमेरिकाको इरानमाथिकाे आक्रमण तथा इरानले गल्फ राष्ट्रहरूकाे अमेरिकी सैन्य क्याम्पमा गरेकाे आक्रमणबा कारण मध्यपूर्वी क्षेत्रमा लागू गरिएको हवाई क्षेत्र प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सूचित गरेकाे छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आज साँझ सूचना जारी गर्दै उडानहरू ढिलाइ, पुनःतालिका -रिस्केड्युल) वा रद्द हुन सक्ने जनाएको हो।

विमानस्थलले यात्रुहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गर्नु अघि सम्बन्धित एयरलाइन्ससँग आफ्नो उडानको पछिल्लो अवस्था अनिवार्य रूपमा पुष्टि गर्न आग्रह गरेको छ। विमानस्थल प्रशासनले यात्रु व्यवस्थापन सहज र प्रभावकारी बनाउन एयरलाइन्स तथा सम्बन्धित निकायसँग नजिकबाट समन्वय गरिरहेको पनि जनाएको छ।

⠿ drag

सूचनामा मध्यपूर्व गन्तव्यतर्फ उडान गर्ने वा त्यहाँबाट आउने यात्रुहरू विशेष रूपमा सचेत रहन भनिएको छ। प्रभावित हुन सक्ने उडान सञ्चालन गर्ने एयरलाइन्सका सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको छ।

सम्पर्क गर्न सकिने एयरलाइन्सहरू यसप्रकार छन्–

Air Arabia – ९८०२०३९५०१

Fly Dubai – ९८५११६९६४१ / ९८५११६९६४५

Jazeera Airlines – ९८४१४४६८७२

Kuwait Airlines – ९८५१११५५०१

Qatar Airways – ९८०१०२०९०३ / ९८०१०२०९०४

Turkish Airlines – ९८०११५६८६७

Himalaya Airlines – ९८५१२१५५८१

Nepal Airlines – ०१–४११३२५१

विमानस्थलले पछिल्लो अवस्थाबारे जानकारी अद्यावधिक गर्दै जाने जनाएको छ। उक्त सूचना शनिबार साँझ ५ः३० बजे -स्थानीय समय) जारी गरिएको हो

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्