२३ असोज २०८३, शुक्रबार

अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस, तीन उच्च अधिकारी बढुवा


अ
अ+
अ-

काठमाडौं, असोज २१। मन्त्रिपरिषद्ले भूमि, वन तथा विपद् व्यवस्थापनसम्बन्धी कानुन संशोधनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। बैठकले उच्च तहका तीन कर्मचारीलाई विशिष्ट श्रेणीमा बढुवा गर्नुका साथै मानव अधिकार आयोगको सिफारिसमा १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश तथा विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ।
यस्तै, पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति दिने निर्णय भएको छ।
मन्त्रिपरिषद्ले नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव (प्रा.) नवीनराज सिंहलाई बढुवा गरेको छ। त्यसैगरी, नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव चक्रबहादुर बुढालाई बढुवा गर्ने निर्णय गरेको छ।
नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
अपाङ्गतामैत्री  मतदान  प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी

अपाङ्गतामैत्री मतदान प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी

अपाङ्गता भएका मतदाताका लागि पहुँचयुक्त प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी...

चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत

चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत

चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत...

बाढीपछिको पुनर्स्थापना र मानव बेचबिखन नियन्त्रणमा नेपाल–अमेरिका सहकार्य बढाउने प्रतिबद्धता

बाढीपछिको पुनर्स्थापना र मानव बेचबिखन नियन्त्रणमा नेपाल–अमेरिका सहकार्य बढाउने प्रतिबद्धता

बाढीपछिको पुनर्स्थापना र मानव बेचबिखन नियन्त्रणमा नेपाल–अमेरिका सहकार्य बढाउने प्रतिबद्धता...

हरित हाइड्रोजनलाई रासायनिक मल उत्पादनसँग जोड्न मन्त्री चौधरीको जोड

हरित हाइड्रोजनलाई रासायनिक मल उत्पादनसँग जोड्न मन्त्री चौधरीको जोड

हरित हाइड्रोजनलाई रासायनिक मल उत्पादनसँग जोड्न मन्त्री चौधरीको जोड...

किसानको उत्पादनको बजार सुनिश्चित गर्न आयातमा कडाइदेखि न्यूनतम समर्थन मूल्य कार्यान्वयनसम्म

किसानको उत्पादनको बजार सुनिश्चित गर्न आयातमा कडाइदेखि न्यूनतम समर्थन मूल्य कार्यान्वयनसम्म

किसानको उत्पादनको बजार सुनिश्चित गर्न आयातमा कडाइदेखि न्यूनतम समर्थन मूल्य कार्यान्वयनसम्म...

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो: लाखौं सडकमा

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो: लाखौं सडकमा

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो: लाखौं सडकमा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्