७ असोज २०८३, बुधबार

भोटेकोशी बाढी प्रभावितका लागि ३,२७९ रोपनी जग्गा पहिचान

अ+
अ-

काठमाडौं, असोज ६। भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारको पुनःस्थापनाका लागि ३ हजार २ सय ७९ रोपनी जग्गा पहिचान गरिएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित समितिले अध्ययन गरी सम्भावित पुनःस्थापना क्षेत्र सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको हो।
समितिले पुनःस्थापनाका लागि तीन जिल्लामा गरी २७७ कित्ता जग्गा पहिचान गरेको छ। पहिचान गरिएका जग्गामध्ये रसुवामा १७७, नुवाकोटमा ९४ र धादिङमा ६ कित्ता रहेका छन्।
मन्त्रालयका अनुसार बाढीपछि अन्यत्र सुरक्षित स्थानमा बसोबासको विकल्प नभएका प्रभावित परिवारलाई पुनःस्थापना गर्ने उद्देश्यले सम्भावित क्षेत्रको अध्ययन गरिएको हो। समितिको प्रतिवेदनका आधारमा पुनःस्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयले उक्त जानकारी सार्वजनिक गरेको हो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
असोज ९ देखि ११ गतेसम्म देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारीदेखि अति भारी वर्षा

असोज ९ देखि ११ गतेसम्म देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारीदेखि अति भारी वर्षा

असोज ९ देखि ११ गतेसम्म देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारीदेखि अति भारी वर्षा...

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्कतर्फ प्रस्थान

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्कतर्फ प्रस्थान

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्कतर्फ प्रस्थान...

रसुवा बाढीपछि ४ तुइन सञ्चालनमा, १३ झोलुङ्गे पुल मर्मत अन्तिम चरणमा

रसुवा बाढीपछि ४ तुइन सञ्चालनमा, १३ झोलुङ्गे पुल मर्मत अन्तिम चरणमा

रसुवा बाढीपछि ४ तुइन सञ्चालनमा, १३ झोलुङ्गे पुल मर्मत अन्तिम चरणमा...

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी...

पाउलिन हेन्सनविरुद्ध अस्ट्रेलियामा आन्दोलन जारी, विद्यार्थी सडकमा

पाउलिन हेन्सनविरुद्ध अस्ट्रेलियामा आन्दोलन जारी, विद्यार्थी सडकमा

पाउलिन हेन्सनविरुद्ध अस्ट्रेलियामा आन्दोलन जारी, विद्यार्थी सडकमा...

बस आगलागीपछि राहदानी विभागमा सेवा अवरुद्ध

बस आगलागीपछि राहदानी विभागमा सेवा अवरुद्ध

बस आगलागीपछि राहदानी विभागमा सेवा अवरुद्ध...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्