१२ भदौ २०८३, शनिबार

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन


अ+
अ-

काठमाडौं, भदाै १३ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु हुनेको संख्या ६२६ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान १० बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी विवरण सार्वजनिक गर्दै बाढीबाट विभिन्न जिल्लामा गरी ६२६ जनाको शव फेला परेको जनाएको हो।
प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ४७, तनहुँमा ३१ र चितवनमा २३३ जनाको मृत्यु भएको छ। यसमा विभिन्न मानव अङ्गसमेत समावेश छन्।
बाढी तथा त्यसपछिको विपद्मा २ हजार ४२६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी, रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, जलविद्युत् आयोजनामा कार्यरत व्यक्ति, मकवानपुरमा रहेका व्यक्ति, विदेशी नागरिक तथा नेपाल भ्रमणमा आएका विदेशी र विदेशमा रहेका नेपालीसमेत छन्।
बाढीबाट घाइते भई १०१ जना अस्पतालमा उपचाररत छन्। प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टोलीसमेत परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
४ हजार ४५१ जनाको उद्धार
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये जलविद्युत् आयोजनाको सुरुङबाट १ हजार २१९ जना र हेलिकप्टरमार्फत ५१७ जना रहेको प्राधिकरणले जनाएको छ।
त्यस्तै, १२९ जना विदेशी नागरिकको उद्धार गरिएको छ। उद्धारका लागि नेपाली सेना र निजी गरी १६ वटा हेलिकप्टरबाट हालसम्म ९९ उडान भइसकेका छन्।
खोज तथा उद्धार कार्यलाई तीव्र पार्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार १५ हजार २२४ सुरक्षाकर्मी परिचालन भएका छन्। तीमध्ये नेपाल प्रहरीका ४ हजार ५९१, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरी बल नेपालका ३ हजार ८७८ जना छन्।
१९८ टेलिफोन टावरमा क्षति, १४४ सञ्चालनमा
बाढीका कारण १९८ वटा टेलिफोन टावरमा क्षति पुगेकोमा मर्मतपछि १४४ वटा सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।
सम्पर्कविहीन नागरिकको खोज तथा विवरण संकलनका लागि विभिन्न निकायबाट प्राप्त सूचनालाई समेत समेटिएको छ। जलविद्युत् आयोजनाबाट १३३, मकवानपुरबाट ६४, सम्पर्कविहीन विदेशी नागरिक १५७, नेपाल भ्रमणमा आएका विदेशी नागरिक तथा विदेशमा रहेका नेपाली नागरिकसम्बन्धी विवरणसमेत प्राधिकरणले सार्वजनिक गरेको छ।
प्रभावित पालिकालाई साढे ६ करोडभन्दा बढी राहत
नेपाल सरकारले प्रभावित क्षेत्रमा नगद राहतसमेत उपलब्ध गराएको छ। रसुवामा १ करोड रुपैयाँ, नुवाकोटमा १ करोड रुपैयाँ र धादिङमा ५० लाख रुपैयाँ पठाइएको छ। त्यस्तै, १५ वटा पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ राहत उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ।
राहत सामग्रीतर्फ हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। हेलिकप्टरबाट ८ उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पुर्‍याइएको छ भने प्रभावित क्षेत्रमा सवारी साधनमार्फत पनि राहत सामग्री पठाइएको छ।
इन्धन व्यवस्थापनतर्फ नुवाकोटमा रहेको भैँसे/सुर्मती/पञ्चकन्या आयल स्टोरमा डिजेल ४१ हजार लिटर र पेट्रोल २४ हजार लिटर मौज्दात रहेको जनाइएको छ। हवाई इन्धनसमेत नुवाकोट पठाइएको छ।
प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक तथा विदेश बस्ने नेपाली, उपचाररत व्यक्ति र हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिको विवरण आफ्नो फेसबुक पेज तथा वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters

यस लेखकका अन्य लेखहरू उपलब्ध छैनन्

अन्य सामग्रीको लागि पछि फेरि जाँच गर्नुहोस्: admin

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्