११ कार्तिक २०८३, बुधबार

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक


अ
अ+
अ-

काठमाडौं, भदाै १३ ।  एसिया डिजास्टर प्रिपेयर्डनेस सेन्टर (एडीपीसी)ले रसुवामा आएको भोटेकोशी बाढीबारे पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन तयार पारेको छ।
‘भोटेकोशी फ्ल्यास फ्लड, नेपाल : बाढीको कारण, परिणाम र आगामी बाटोबारे प्रारम्भिक स्थलगत मूल्याङ्कन प्रतिवेदन’ नाम दिइएको प्रतिवेदन नेपाल सरकार तथा विकास साझेदारहरूको सहयोगका लागि तयार पारिएको एडीपीसीले जनाएको छ।
उपलब्ध तथ्यांक, वैज्ञानिक प्रमाण तथा स्थलगत अवलोकनका आधारमा तयार पारिएको प्रतिवेदनमा बाढीको कारण र त्यसका परिणाम, विभिन्न क्षेत्रमा भएको क्षति, प्रभाव तथा मानवीय आवश्यकताको विस्तृत मूल्याङ्कन गरिएको छ।
प्रतिवेदनमा बाढी प्रभावित क्षेत्रका नागरिक, समुदायका अगुवा, स्थानीय तथा सरकारी अधिकारी, उद्धार तथा प्रतिकार्यमा खटिएका निकाय र स्थानीय संस्थाका प्रतिनिधिका अनुभव तथा आवाजलाई समेत समेटिएको छ।
एडीपीसीका अनुसार प्रतिवेदनले भोटेकोशी बाढीबाट सिर्जित बहुक्षेत्रीय प्रभाव र मानवीय अवस्थाको समग्र चित्र प्रस्तुत गर्ने प्रयास गरेको छ।
यसैबीच, एनडीआरसीको टोली आपत्कालीन मूल्याङ्कनका लागि प्रभावित क्षेत्रमा खटिएको जनाइएको छ। उक्त टोली आइतबारसम्म फर्किएपछि नेपाल पार्टनर्स प्लेटफर्म (एनपीपी)मार्फत प्रभावित क्षेत्रलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा थप जानकारी र योजना साझा गरिने बताइएको छ।
प्रतिवेदनले तत्कालीन मानवीय आवश्यकतासँगै प्रभावित क्षेत्रको पुनःस्थापना तथा आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक कदम पहिचान गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्