११ कार्तिक २०८३, बुधबार

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड


अ
अ+
अ-

​काठमाडाैं, भदाै ४ । विपद् पूर्वतयारी सञ्जाल (डीपीनेट नेपाल) का अध्यक्ष बसन्त अधिकारीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रविधिमैत्री नीति र पारदर्शी डाटा प्रणाली आवश्यक रहेको बताएका छन्।
​ह्युम्यानिटेरियन ओपनस्ट्रिटम्याप टिम (हट), डीपीनेट नेपाल, इपिएफएल भिटा, इपिएफएल र नक्साको संयुक्त आयोजनामा सञ्चालित 'को-डिजाइन एण्ड क्यापासिटी बिल्डिङ: लोकलाइज्ड जियो-एआई फर पोस्ट-डिजास्टर लस एण्ड ड्यामेज एसेसमेन्ट' विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
​अधिकारीले विपद्पछिको पुनरुत्थान र क्षति न्यूनीकरणका लागि रियल-टाइम डाटा र सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे। "विपद्पछिको अवस्थामा हुने गैर-आर्थिक क्षतिको मापन र व्यवस्थापन कसरी गर्ने भन्ने विषय अहिलेको मुख्य चुनौती हो," उनले भने, "नेपालमा हाल विद्यमान डाटा पोर्टल र मोडलहरूको प्रभावकारी कार्यान्वयन र सञ्चालनका बारेमा थप स्पष्टता आवश्यक छ।"
​प्रविधि र साइन्स एण्ड टेकको प्रयोगमार्फत विपद् जोखिम न्यूनीकरणका सूचनाहरू सर्वसाधारणसम्म पुर्याउन युट्युब लगायतका खुला डिजिटल माध्यमहरूको प्रयोग भइरहेको जानकारी दिँदै अधिकारीले समाजलाई 'सोसाइटी ५.०' तर्फ लैजान प्रविधिमा आधारित इक्विटेबल, ट्रान्सपरेन्ट र ओपन-सोर्स मोडलहरू अपनाउनुपर्नेमा जोड दिए। उनले थपे, "नीतिगत तहमा काम गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सरकार, गैरसरकारी संस्था (एनजीओ/आइएनजीओ) र नागरिक समाज मिलेर सहकार्य नगरेसम्म विपद् व्यवस्थापनका कार्यक्रमहरू पूर्ण रूपमा सफल हुँदैनन्।"
​कार्यक्रममा काठमाडौँ युनिभर्सिटीका एआई विज्ञ तथा सफ्टवेयर इन्जिनियर सरोज दाहालले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए। उनले आर्टिफिसियल इन्टेलिजेन्सको इतिहास, अमेरिका, चीन र भारतमा यसको विकासक्रमका साथै जेनेरेटिभ एआई, एजेन्टिक एआई र लर्निङ/एडप्टिभ एआईका प्रकारहरूबारे जानकारी गराएका थिए। त्यसैगरी एप्लाइड एआई र कोर एआईबीचको फरक प्रष्ट पार्दै उनले एआई मोडलहरूलाई तालिम दिन डाटाको आवश्यकता पर्ने कुरामा जोड दिए।
​तालिमका क्रममा सहभागीहरूलाई गुगल जेमिनी, जेमिनी नोटबुक, नोटबुकएलएम (अडियो, भिडियो, रिपोर्ट र टेक्स्ट विश्लेषणका लागि) तथा गुगल फ्लो भिडियो जस्ता अत्याधुनिक औजारहरूको प्रयोगबारे व्यावहारिक अभ्यास गराइएको थियो।
आज र भाेलिसम्म सञ्चालन हुने कार्यक्रममा सहभागीहरूले विपद्पछिको क्षति तथा नोक्सानी मूल्याङ्कनमा स्थानीयकृत जियो-एआई (Geo-AI) को प्रयोग, क्षमता अभिवृद्धि र प्रविधिको प्रभावकारी कार्यान्वयनका विषयमा गहन छलफल र अभ्यास गरिरहेका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्