१३ असोज २०८३, मंगलबार

भूकम्प गएको कृत्रिम घटनामा आधारित भएर 'टेबलटप' अभ्यास


अ
अ+
अ-

काठमाडाैं, असार २४ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सिमानामा विनाशकारी भूकम्प गएको कृत्रिम घटनामा आधारित भएर 'टेबलटप' अभ्यास (भर्चुअल टेबल टप सिमुलेशन) गरिएको छ।
संघीय मन्त्रालय तथा निकायका साथै तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरु विपद जाेखिम तथा व्यवस्थापन प्राधिकरणको सभाहलमा र प्रदेश तथा स्थानीय तहका प्रतिनिधिहरु भर्चुअल माध्यमबाट जोडिएर अभ्यास संचालन गरिएको हो।
पश्चिम नेपालमा ठूलो भूकम्प गएको अवस्थामा विद्यमान प्रणालीमा भएका चुनौती र कमी पहिचान गर्ने एवं यस्ता विपद्का बेला विभिन्न निकायको भूमिकाबारे एक-अर्कालाई जानकारी गराउने उद्देश्यले अभ्यासको आयोजना गरिएको हो।
अभ्यासका क्रममा भूकम्प गएपछिका ४८ घन्टामा ६ वटा परिघटना (inject) हरुमार्फत् विभिन्न निकायको भूमिका परिभाषित गर्ने र खोज तथा उद्धार, उपचार तथा राहतका क्रमबद्ध क्रियाकलाप संचालन गर्ने सम्बन्धी छलफल भयो।
अभ्यासमा विपद्सँग सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, तीनवटै सुरक्षा निकाय, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्बन्धित मन्त्रालय, प्रदेशस्थित सुरक्षा निकाय एवं यी प्रदेशस्थित गोदावरी नगरपालिका, नेपालगंज उपमहानरपालिका र बीरेन्द्रनगर नगरपालिकाका स्थानीय तहका प्रतिनिधि एवं अधिकारीहरुका साथै विषयगत समितिका सहयोग निकायहरु अभ्यासमा सहभागी भएका थिए।
युएनडिपीको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर दाेस्राे) को प्राविधिक सहयोगमा अभ्यास संचालन गरिएको थियाे।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्