काठमाडौं, असार १८ । सरकारले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्।
मन्त्रालयले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाको स्वामित्व प्रदान गर्ने सरकारको अभियानअन्तर्गत लालपुर्जा वितरण गरिएको जनाएको छ। यसबाट लाभग्राही परिवारले आफ्नो जग्गामाथि कानुनी स्वामित्व प्राप्त गर्नुका साथै विभिन्न सरकारी सेवा तथा वित्तीय सुविधामा समेत सहज पहुँच पाउने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व उपलब्ध गराउने अभियानलाई देशका विभिन्न जिल्लामा निरन्तर अघि बढाइनेछ।
अन्य लेखहरू: नेवाः टाइम्स
संयुक्त राष्ट्रसंघ मुख्यालयअगाडि आत्मदाह गरेका तिब्बती अधिकारकर्मीको मृत्यु
संयुक्त राष्ट्रसंघ मुख्यालयअगाडि आत्मदाह गरेका तिब्बती अधिकारकर्मीको मृत्यु...
मनसुनी विपद्का कारण देशका विभिन्न राजमार्ग प्रभावित, केही पूर्ण र केही एकतर्फी सञ्चालन
मनसुनी विपद्का कारण देशका विभिन्न राजमार्ग प्रभावित, केही पूर्ण र केही एकतर्फी सञ्चालन...
स्वास्थ्य बीमा बोर्डले सेवा नरोक्न स्वास्थ्य संस्थालाई आग्रह, चालु आवमा २३ अर्ब ४४ करोडभन्दा बढी भुक्तानी
स्वास्थ्य बीमा बोर्डले सेवा नरोक्न स्वास्थ्य संस्थालाई आग्रह, चालु आवमा २३ अर्ब ४४ करोडभन्दा बढी भुक्तानी...
गाली बेइज्जती मुद्दाका प्रतिवादी खेम भण्डारी पक्राउ
गाली बेइज्जती मुद्दाका प्रतिवादी खेम भण्डारी पक्राउ...
महिला श्रमिकदेखि द्वन्द्वकालीन यौन हिंसा: जेनेभामा उठे नेपालको मानवअधिकारका प्रमुख मुद्दा
महिला श्रमिकदेखि द्वन्द्वकालीन यौन हिंसा: जेनेभामा उठे नेपालको मानवअधिकारका प्रमुख मुद्दा...
इन्धनको मूल्य घट्यो, पेट्रोलमा प्रतिलिटर २० र डिजेल–मट्टितेलमा ३० रुपैयाँ सस्तो
इन्धनको मूल्य घट्यो, पेट्रोलमा प्रतिलिटर २० र डिजेल–मट्टितेलमा ३० रुपैयाँ सस्तो...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment