२४ भदौ २०८३, बिहिबार

गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ

अ+
अ-

काठमाडौं, असार १० । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।
सीआईबीका अनुसार नेपाल मेडिकल काउन्सिल बानेश्वरबाट प्राप्त उजुरी तथा छानबिन प्रतिवेदनका आधारमा काठमाडौं महानगरपालिका–८ मा सञ्चालित स्पर्क इन्टरनेसनल हेल्थ रिसोर्टमा कार्यरत चितवनका ४७ वर्षीय चेतन एम.एम. (पौडेल) लाई पक्राउ गरिएको हो।
प्रहरीले जनाएको छ कि पौडेलले नेपाल मेडिकल काउन्सिलमा दर्ता प्रमाणपत्र (एनएमसी नम्बर) प्राप्त नगरी चिकित्सकको उपाधि प्रयोग गर्दै बिरामीहरूको आधुनिक चिकित्सा पद्धतिअन्तर्गत निदान तथा उपचारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले बिरामीलाई औषधि सिफारिस गरिएको प्रिस्क्रिप्सनसमेत वितरण गरेको आरोप छ।
नेपाल मेडिकल काउन्सिलको छानबिन प्रतिवेदनसहितको उजुरी प्राप्त भएपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खटिएको प्रहरी टोलीले असार ९ गते काठमाडौं जिल्ला चन्द्रागिरी नपा–८ बाट उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत उपचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्