५ असार २०८३, शुक्रबार

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु


अ+
अ-

काठमाडौं, असार ५ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त आयोजनामा बिहीबारबाट प्रतिष्ठानमा ‘विपद्को चेतना, कलाको अभिव्यक्ति’ शीर्षकमा विपद् व्यवस्थापनका सन्देश बोकेका कार्टुन कलाको प्रदर्शनी सुरु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले प्रदर्शनीको उद्घाटन गरेका थिए। कार्यकारी प्रमुखले कलामार्फत विपद्सम्बन्धी जनचेतना दिनु निकै नै प्रभावशाली भएको बताए । विपद् व्यवस्थापनको बुझाइलाई विद्यालयको प्राथमिक तहबाटै सिकाउनुपर्ने आवश्यकता औँल्याउँदै उनलेे प्रदर्शनीको अवलोकन गर्दा निकै हर्षित भएको र आगामी वर्षमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा प्रतिष्ठानका निवर्तमान प्राज्ञपरिषद् सदस्य सौरगङ्गा दर्शनधारीले कलामार्फत विपद्का विविध पाटोलाई दर्साई जनचेतना फैलाउने अभिप्रायले गरिएको यस्ता कलाप्रदर्शनीले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।
कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष तथा प्रतिष्ठानका निवर्तमान प्राज्ञसभा सदस्य वासुदेव श्रेष्ठ (बासु क्षितिज) ले विपद् व्यवस्थापनका विषयमा प्रतिष्ठानमा गरिएको यो दोस्रो प्रदर्शनी रहेको र प्रदर्शनीले विपद्का विषयवस्तुलाई सरल ढङ्गबाट बुझाउन मद्दत पुग्ने बताए ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी तथा कर्मचारी, प्रतिष्ठानका कर्मचारी, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो । प्रदर्शनीमा बासु क्षितिज, अविन श्रेष्ठ, रविन्द्र मानन्धर, रवि मिश्र, भानु भट्टराई, अर्पिता शाक्य, विश्व थापा, सुदर्शन सिग्देल, पल्पसा मानन्धर, सानुराज डङ्गोल, राजेश मानन्धर, दीपक गौतम, महेश बस्ताकोटी, देवेन्द्रकुमार काफ्ले, केशवराज खनाल, कृष्णगोपाल श्रेष्ठ, योगेश खपाङ्गीलगायतका १७ कलाकारका २० र अघिल्लो वर्षका २६ गरी कलाकृतिसमेत गरी ४६ कलाकृति राखिएको छ । प्रदर्शनी असार १० गतेसम्म चल्ने छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो...

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन...

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने...

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?...

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता

लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता...

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्