२५ भदौ २०८३, शुक्रबार

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी तीव्र, महानगरको सहयोग दोब्बर


अ+
अ-

काठमाडौँ, चैत ८। जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ रथयात्रा) सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले दिँदै आएको सहयोग रकम १० लाखबाट बढाएर २० लाख रुपैयाँ पुर्‍याइएको
तयारी बैठकमा जानकारी गराइएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा रथयात्रा मार्ग व्यवस्थापन, धार्मिक–सांस्कृतिक समन्वय, सरसफाइ, शान्ति सुरक्षा र जात्राको गरिमा प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको हो। यो जात्रा महानगरका वडा नं. १, १९, २०, २१, २३, २४, २५, २७ र २८ मा सञ्चालन हुने जनाइएको छ।
बैठकमा कार्यवाहक प्रमुख डंगोलले जात्राका लागि महानगरले दिँदै आएको सहयोग रकम १० लाखबाट बढाएर २० लाख रुपैयाँ पुर्‍याइएको जानकारी दिइन्। उनले यसले जात्राको भव्यता बढाउने र श्रद्धालुहरूलाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्दै सबै सरोकारवालालाई मिलेर गरिमामय उत्सव बनाउन आग्रह गरिन्।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जात्राका लागि चुस्त सुरक्षा व्यवस्था मिलाइने बताए। उनका अनुसार जिल्ला प्रशासन कार्यालयले आवश्यक सुरक्षा संयन्त्र परिचालन गर्नेछ। जात्रा मार्गको मर्मत, सरसफाइ र व्यवस्थापनको जिम्मेवारी महानगरले लिनेछ। महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जात्रा अवलोकनका लागि सहज वातावरण निर्माणमा जोड दिए।
गुठी संस्थानका प्रशासक शैलेश कुँवरले समयमै रथयात्रा सुरु गरी तालिका व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए। सेतो मच्छिन्द्रनाथका मूल पुजारी तथा पूर्व वडाध्यक्ष नीलकाजी शाक्यले जात्राले करुणा, शान्ति र सहअस्तित्वको सन्देश दिने उल्लेख गर्दै यसको महत्व विश्वसमक्ष प्रस्तुत गर्नुपर्ने बताए।
जात्रा व्यवस्थापन समितिका संयोजक सुजीव वज्राचार्यका अनुसार यस वर्ष चैत १२ गते केलटोलबाट खट यात्रा सुरु हुनेछ। सेतो मच्छिन्द्रनाथको मूर्तिलाई विशेष श्रृङ्गार गरी जमलस्थित तीनधारा पाठशाला अगाडि निर्माण गरिएको रथमा राखिनेछ। त्यसपछि पहिलो दिन रथ रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्‍याइनेछ, जहाँ राति १० बजे राष्ट्रपति दर्शनको कार्यक्रम तय गरिएको छ।
चैत १३ गते साँझ ५ बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका पुर्‍याइनेछ। १४ गते हनुमानढोकाबाट चिकंमुगल, जैसीदेवल, ज्याबहाल हुँदै लगन लगिनेछ। १५ गते लगनमा मच्छिन्द्रनाथकी आमाको प्रतीक मानिने रुखको परिक्रमा गराइनेछ। चैत १६ गते अन्तिम दिन मूर्तिलाई खटमा राखी ज्याबहाल, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पुर्‍याइनेछ र जात्रा सम्पन्न हुनेछ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि पूर्णिमासम्म सञ्चालन हुने यो जात्रा हिन्दु र बौद्ध धर्मावलम्बी दुवैका साझा आस्थाको पर्व हो। सेतो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिन्छ। अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट जोगाउने देवताका रूपमा पूजा गर्ने परम्परा रहेको छ। जात्रामा सहभागी हुँदा घरमा लक्ष्मी भित्रिने, सुख–शान्ति र समृद्धि बढ्ने विश्वास रहिआएको छ।
परम्परागत कथनअनुसार प्राचीन समयमा जमलमा खेत खन्ने क्रममा किसानले सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए। उक्त मूर्तिलाई घरमा राख्दा अन्नको अभाव नहुने, रोगव्याधि हट्ने विश्वास बढेपछि पछि जनबहालमा स्थापना गरिएको मानिन्छ। त्यहीँ कारणले रथयात्रा जमलबाट सुरु गर्ने परम्परा बसालिएको हो।
अष्टमीका दिन निकालिएको मूर्तिलाई पूर्णिमाका दिन पुनः मन्दिरमा फर्काएर जात्रा विसर्जन गरिन्छ। पाँच दिनसम्म चल्ने यो जात्रा धार्मिक मात्र नभई सामाजिक र सांस्कृतिक सद्भावको प्रतीकका रूपमा लिइन्छ।
यससँगै सेतो मच्छिन्द्रनाथसँग जोडिएको ‘महास्नान’ परम्परा पनि महत्वपूर्ण मानिन्छ। पुस शुक्ल अष्टमीका दिन शोभा भगवती नजिकको भचाखुशी खोलाबाट ल्याइएको पानीले देवतालाई स्नान गराउने चलन छ। तामाका र चाँदीका घडामा ल्याइएको पानीबाट गरिने यस विधिलाई अकाल मृत्यु टार्ने र आयु बढाउने विश्वाससँग जोडिएको छ। महास्नानका बेला परम्परागत बाजागाजा बजाइन्छ र विशेष विधिअनुसार पूजा सम्पन्न गरिन्छ।
त्यसैगरी माघ शुक्ल पूर्णिमाका दिन प्राण प्रतिष्ठा गरी जातकर्म, नामकर्म, चुडाकर्मलगायत संस्कार सम्पन्न गरेपछि मात्र मूर्तिलाई पुनः आफ्नो आसनमा राख्ने परम्परा रहेको छ।
महानगरपालिकाले यस्ता जात्रा तथा पर्वले सामाजिक सद्भाव, भाइचारा, सांस्कृतिक पहिचान र सामुदायिक एकता सुदृढ गर्ने भएकाले व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै

कृष्णभीरमा २५० मिटर नयाँ ट्रयाक निर्माण हुँदै...

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला...

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता

विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता...

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए

एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए...

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्