११ श्रावण २०८३, सोमबार

तेस्रो बालसाहित्य महोत्सव सम्पन्न


अ+
अ-

काठमाडौं, माघ १४ तेस्रो बालसाहित्य महोत्सव २०८२ को अन्तिम दिन बालअधिकारका प्रणेता तथा पूर्व मानवअधिकार आयुक्त गौरी प्रधानबाट तयार भएको बालसाहित्यमा बालअधिकार विषयक कार्यपत्र माथि गहन छलफल गरिएको छ। बालसाहित्यले समाजको यथार्थ चित्रण मात्र नभई आवश्यकता अनुसार समाजलाई चुनौती दिनुका साथै समाजको पुनर्संरचनाको सम्भावना खोज्नुपर्ने कुरा कार्यपत्रले आैंल्याएकाे उक्त कार्यपत्र सिविन नेपालका कार्यकारी निर्देशक कुमार भट्टराईले प्रस्तुत गरेका थिए

प्रस्तुत कार्यपत्रमाथि नेपाल बालसाहित्य समाजका पूर्व अध्यक्ष प्रा. डा. ध्रुव कुमार घिमिरेले टिप्पणी गर्दै बालसाहित्यले बालबालिकालाई जीवनका सामान्य ज्ञान मात्र नभई उनीहरूका अधिकारबारे सचेत गराउने, आवश्यक ठाउँमा प्रश्न सोध्न आलोचनात्मक सोच विकास गर्न उत्प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याइएको भनेर सह्राहना गरेका थिए

कार्यपत्रमा बालअधिकार तथा अधिकारमुखी बालसाहित्यका आधारभूत सिद्धान्त, बालसाहित्यमा बालअधिकारको समावेशीता, त्यससँग सम्बन्धित चुनौतीहरू लगायतका विषय समेटिएका छन्।

नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका पाटन संग्रहालयको आयोजनामा तथा विभिन्न संघसंस्थाको सहआयोजनामा गएको माघ ११ गतेदेखि १३ गतेसम्म ललितपुरस्थित पाटन संग्रहालयमा सञ्चालन भएको थियाे

महोत्सव अवधिभर बालसाहित्य बालसरोकारका विविध विषयमा कार्यपत्र प्रस्तुति, समूहगत छलफल, पुस्तक विमोचन, बाल प्रतिभा प्रदर्शनी, बाल पुस्तक प्रदर्शनी तथा संग्रहालय प्रदर्शनी लगायतका कार्यक्रमहरू सम्पन्न भएका थिए।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ

एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ

एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ...

आदिवासी समुदायलाई संरक्षणका साझेदार बनाउनुपर्नेमा जोड

आदिवासी समुदायलाई संरक्षणका साझेदार बनाउनुपर्नेमा जोड

आदिवासी समुदायलाई संरक्षणका साझेदार बनाउनुपर्नेमा जोड...

आकाशे पानी संकलन र भू–पुनर्भरण प्रणाली सक्रिय बनाउन विज्ञको सुझाव

आकाशे पानी संकलन र भू–पुनर्भरण प्रणाली सक्रिय बनाउन विज्ञको सुझाव

आकाशे पानी संकलन र भू–पुनर्भरण प्रणाली सक्रिय बनाउन विज्ञको सुझाव...

पीडित–मैत्री न्याय प्रणालीमा जोड

पीडित–मैत्री न्याय प्रणालीमा जोड

पीडित–मैत्री न्याय प्रणालीमा जोड...

आँपकाे बगैचाबाट १४० केजी गाँजा बरामद

आँपकाे बगैचाबाट १४० केजी गाँजा बरामद

आँपकाे बगैचाबाट १४० केजी गाँजा बरामद...

नेपालमा विपद्ले निम्त्याउने आर्थिक तथा गैरआर्थिक क्षति–नोक्सानीबारे पत्रकार अभिमुखीकरण सम्पन्न

नेपालमा विपद्ले निम्त्याउने आर्थिक तथा गैरआर्थिक क्षति–नोक्सानीबारे पत्रकार अभिमुखीकरण सम्पन्न

नेपालमा विपद्ले निम्त्याउने आर्थिक तथा गैरआर्थिक क्षति–नोक्सानीबारे पत्रकार अभिमुखीकरण सम्पन्न...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्